सामाजिक सद्भाव विथोल्नेविरुद्ध कारबाही गर्ने मलंगवा सर्वदलीय बैठकको निर्णय
नेपालबहस संवाददाता
असोज ५, २०८० शुक्रबार १७:२५:५०
५ असोज, काठमाडौं । सर्लाही सदरमुकाम मलंगवामा धार्मिक समूहको नाममा साम्प्रदायिक सद्भाव बिगार्ने तत्वहरु सक्रिय भएको निष्कर्ष निकाल्दै दलहरुहरू त्यस्ता तत्वविरुद्ध कारवाही चलाउने विषयमा एक ठाउँमा उभिएका हुन् ।
शुक्रबार मलंगवास्थित जिल्ला प्रशासन कार्यालयमा भएको दलहरुसहित सर्वपक्षीय बैठकले धार्मिक, सांस्कृति तथा सामाजिक सद्भाव विथोल्ने अराजक तत्त्वविरुद्ध कडा रुपमा प्रशासनिक कदम चाल्ने विषयमा साथ दिने निर्णय लिएको छ ।
बिहीबार राति गणेशको मूर्ति सेलाउने क्रममा मलंगवा–३ स्थित हिन्दू र मुस्लिम समूदायबीच केही समूहले झडप निम्तिने किसिमका गतिविधि गरेपछि जिल्ला प्रशासन कार्यालयले राति ८ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको छ । मूर्ति बिसर्जन कार्य राेकिएकाे छ ।
बैठकले सबै मूर्ति एकै ठाउँमा राखेर शुक्रबार बेलुका ५ देखि ७ बजेभित्र बिसर्जन गर्ने, सद्भाव बिथोल्न नदिन सबै पक्षले विशेष भूमिका निर्वाह गर्ने लगायत ६ बुँदे निर्णय भएको छ ।
सर्वपक्षीय बैठकमा सांसद हरिप्रसाद उप्रेती, जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख, पूर्व प्नदेशसभा सदस्य, नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जसपा, लोसपा, जनमत, रास्वपा, राप्रपा लगायत राजनीतिक दलका नेता, जनप्रतिनिधि, पत्रकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधि उपस्थित थिए ।
कर्फ्युकै बीचमा पनि आज दिउँसो मलंगवामा स्थानीयले प्रदर्शन गरेका थिए । अवस्था बिग्रन नदिन प्रहरीले दर्जनभन्दा बढी सेल अश्रु ग्यास प्रहार गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमटीहानी आगलागी पिडितका लागि विशेष राहतको माग
बैशाख २१, २०८१ शुक्रबार
डढेलोबाट जङ्गलका स्रोत जोगाउनै मुस्किल
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार