दशैको अवसर पारेर राष्ट्र बैंकद्वारा चाँदीका सिक्का बिक्री गर्न सुरु, गाई अंकित २५ ग्राम सिक्काको मूल्य ४ हजार
नेपालबहस संवाददाता
असोज ७, २०८० आइतबार १५:५१:४८
७ असोज, कठमाडौं । दशैको अवसर पारेर लागि नेपाल राष्ट्र बैंकले सिक्का बिक्री गर्न सुरु गरेको छ । राष्ट्र बैंकले पुरानो मेसिन मर्मत गरेर मुद्रणको काम सुरु गरी सिक्का बेच्न लागेको हो । आइतबार गभर्नर महाप्रसाद अधिकारीले गाईको चित्र अंकित नयाँ सिक्का सार्वजनिक गरेपछि बिक्री सुरु भएको हो ।
अहिले १० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का टकमरी गरी बिक्री सुरु गरेको छ । राष्ट्र बैंकको सुन्धारास्थित टक्सार महाशाखा बबरमहलको नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण गरेर सिक्का मुद्रणको काम थालेको छ । १० ग्रामको सिक्काको १६ सय र २५ ग्रामको ४ हजार रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।
राष्ट्र बैंकसँग मौज्दात रहेका चाँदीलाई गलान गरी नयाँ सिक्का तयार पारिएको हो । मुद्राको दर तय नगरी निष्कासन गरिएको सिक्कालाई मेडालियन भनिन्छ । महाशाखाले आइतबारदेखि राष्ट्रिय जनावर गाईको चित्र अंकित ‘मेडालियन सिक्का’को बिक्री वितरण सुरु गरेको छ । राष्ट्र बैंक सञ्चालक समितिको २०८० जेठ १९ गते बसेको बैठकले उक्त १० ग्राम र २५ ग्रामका मेडालियन सिक्काको टकमरी गर्न स्वीकृति दिएको थियो ।
राष्ट्र बैंकसँग मौज्दात रहेको चाँदीलाई गलाएर मेडालियन सिक्का टकमरी गरिएको टक्सार महाशाखाले जनाएको छ । टकमरी गरिएको दुवै सिक्कामा ९९९ टचको चाँदीको प्रयोग गरिएको छ । दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई ‘मेडालियन’ भनिन्छ । सर्वसाधारणबाट हुने सिक्काको मागलाई दृष्टिगत गरी यसको टकमरीलाई निरन्तरता दिइने महाशाखाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष २४, २०८१ बुधबार
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्रामा घटबढ
पुष २२, २०८१ सोमबार
२०२४ मा १० हजार पर्यटकले गरे मनास्लु क्षेत्रको भ्रमण
पुष २४, २०८१ बुधबार
सहकारी ठगीमा मुछिएकी लेखा समिति सभापति पोखरेलकी पन्ती कोइराला अदालतमा हाजिर
पुष २४, २०८१ बुधबार
बजार खुल्नासाथ नेप्सेमा १ करोड ३६ लाखमाथिको शेयर कारोबार
पुष २४, २०८१ बुधबार
सिद्धार्थ बैंकको पुस २८ गते एजीएम बस्दै
पुष २४, २०८१ बुधबार
५० बर्ष अघि बनेको बलिउडको पहिलो 'एडल्ट फिल्म' हंस्ते आँसु !
पुष २४, २०८१ बुधबार
परासीबाट चार चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र वितरण
पुष २४, २०८१ बुधबार