उच्चस्तरीय जाँचबुझ आयोगको क्षेत्राधिकारबारे तल्लो तहका नेतामा सहमति भएन, अब शीर्ष तहमा छलफल हुने
नेपालबहस संवाददाता
असोज ७, २०८० आइतबार १६:४६:५३
७ असोज, काठमाडौं । सुन तस्करीको छानविन गर्न गठन हुने उच्चस्तरीय जाँचबुझ आयोगको कार्यादेशबारे भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले गरेको अनुसन्धानलाई मान्यता दिएर अध्ययन गर्ने कि सुन तस्करीको आफैं अनुसन्धान गर्ने भन्नेमा सत्तारुढ र विपक्षी दलहरुबीच विवाद छ ।
तल्लो तहका नेतामा सहमति नभएपछि सुन तस्करी प्रकरणबारे छानविन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठनको विषय फेरी शीर्ष तहमा पुगेको छ । आइतबार सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रतिनिधिबीच छलफल भएपछि यसलाई शीर्ष नेताको बैठमा पठाउन लागिएको हो । एक महिनाअघि आयोग गठन गर्ने सहमति भएपनि यसको क्षेत्राधिकारका विषयमा दलहरुबीच मतभेद छ ।
सत्ता गठबन्धन र एमालेबीच आयोग गठनका विषयमा सहमति जुट्न सकेको छैन । आइतबार आयोग गठन गर्ने र क्षेत्राधिकार के–के हुने भन्ने विषयमा छलफल भएपनि एमालेले फरक मत राखेको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका नेता विष्णु पौडेल र सचेतक महेश बर्तौला तथा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे सहभागी थिए ।
बैठकपछि नेताहरुले छलफल सकारात्मक दिशातर्फ अघि बढेको र अब शीर्ष नेताले छलफल गरेर टुंग्याउने बताए । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले छलफल सकारात्मक भएको बताए । उनले आयोग गठन गर्ने पूरानै सहमति भएपनि अहिले नमिलेको कुरा यसको क्षेत्राधिकार के हुने भन्ने भएको बताए । उनले मौजुदा कानून र संरचनामा के–कस्तो परिवर्तन गर्नुपर्छ? त्यसको सुधारकालागि सुझाव दिने हो, अर्को भनेको अहिलेको घटनाको अनुसन्धानलाई निष्कर्षमा पुर्याउने कुरा भएको जानकारी दिए ।
त्यसबारे छलफलमा एमाले सकारात्मक भएपनि शीर्ष नेतृत्वसँग छलफलपछि मात्रै निर्णय दिने भनेपछि छलफल निष्कर्षमा पुग्न नसकेको लेखकले बताए । गठबन्धन र एमालेबीच आयोगले पछिल्लो घटनामा शुन्यबाट अनुसन्धान गर्ने वा यसअघि सीआईबीले गरेको अनुसन्धानलाई टेकेर थप अनुसन्धान अघि बढाउने भन्ने विषयमा कुरा मिलेको छैन ।
प्रमुख सचेतक लेखकले राज्यका स्थायी संरचनाले गरेको अनुसन्धानलाई विश्वासमा लिएर थप अनुसन्धान गर्न सकिने गरी व्यवस्था गर्न सकिने बताए । तर एमालले भने सरकारले अहिले अनुसन्धान गर्न नसकेको भन्दै सुरुबाटै अनुसन्धान गर्नुपर्ने भन्दै आएको छ । बैठकपछि एमाले सचेतक बर्तौलाले आयोगको कार्यादेश स्पष्ट हुनुपर्ने अडान राखेको बताए । उनले आइतबारै आयोग गठन गरेर कार्यभार सुम्पिने गरी काम अघि बढाउन सुझाव दिएको बताए । एमाले नेताहरुले अध्यक्ष केपी शर्मा ओलीसँग छलफलपछि आइतबारै साँझ ५ बजे फेरि बैठक बस्ने उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्लाको आदेश सदर गर्दै उच्च अदालतले भन्यो, बेचन झालाई थुनामै राख्नु
पुष १, २०८१ सोमबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प
पुष ८, २०८१ सोमबार
पाकिस्तानमा प्रमाणपत्र प्राप्त गर्नको लागि पोलियो खोप अनिवार्य
पुष ८, २०८१ सोमबार
कहिले बन्छ महिनावारी विभेदको पर्खाल भत्काउने कानुन ?
पुष ८, २०८१ सोमबार