बर्दिया कारागारका भाइ-नाइके फरार प्रकरणमा जेलरमाथि कारबाही
नेपालबहस संवाददाता
असोज ७, २०८० आइतबार १७:१५:३८
७ असोज, काठमाडौं । बर्दिया जिल्ला कारागार (जेल)का ‘भाइ(नाइके’ पर्खाल नाघेर भागेको घटनामा तत्कालीन जेलर सन्तोष विकमाथि विभागीय कारबाही गर्न सिफारिस भएको छ ।
भदौ १७ गते बिहान ३ बजे टोपे भनिने अजिब बुढा क्षेत्री कारागारको पर्खालबाट हाम्फालेर भागेका थिए । प्रहरीले टोली नै बनाएर खोजी गर्दा पनि फेला पार्न सकेको छैन । खोजीका लागि तालिमप्राप्त कुकुरको समेत सहयोग लिइएको थियो । फरार घटनामाथि छानबिन गर्न बनाइएको समितिले जेलर विकलाई कारबाही गर्न सिफारिस गरेको हो ।
कैदी क्षेत्री फरार हुनुमा जेलर विकको भूमिका देखिएको भन्दै कारवाही गर्न समितिबाट सिफारिस भएको प्रमुख जिल्ला अधिकारी नारायण रिसालले बताए । जेलमा हाल विकको स्थानमा काशी पंगेनी जेलर तोकिएका छन् । विकलाई अछाममा सरूवा गरिसकेको छ । कारवाहीबारे गृह मन्त्रालयलाई पत्र पठाइसकिएको छ ।
क्षेत्री फरारका बेला सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई जिल्लामा तानेर अनुसन्धान जारी राखेको छ । खाेजीमा धेरै दिन जंगलमा परिचालन गरिएकाे २ कुकुर समेत मरिसकेका छन् ।
क्षेत्री २०७२ साल फागुन ५ गते ठाकुरबाबा नगरपालिका–८ का ५९ वर्षीय छिमेकी जोरा सिंह थापाको हत्यामा जिल्ला अदालतबाट दोषी ठहर भई ३० वर्ष कैद सजाय तोकिइ सजाय काटिरहेका बेला फरार भएका हुन् । यसअिघ पनि फरार भएका उनलाई फरारको सजायसहित ३० वर्ष कैद तोकिएको थियो ।
फरार क्षेत्रीकाे खाेजीका लागि प्रहरीले हुलिया समेत इन्टरपाेलमा राखिसकिएकाे जनाइएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बदलिँदै दुर्गमको परिचय
मंसिर ११, २०८१ मंगलबार
सुन तोलामा २६ सयले घटेर १ लाख ४९ हजार नजिक
मंसिर ११, २०८१ मंगलबार
चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द
मंसिर ११, २०८१ मंगलबार
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
मंसिर ११, २०८१ मंगलबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार