पोखरा महानगरमा छोरीमात्र पाउनेलाई ५० हजार पुरस्कार कार्यक्रम
नेपालबहस संवाददाता
असोज ८, २०८० सोमबार १७:१०:२
८ असोज, पोखरा । पोखरा महानगरपालिकामा महिला केन्द्रित कार्यक्रम ल्याइएको छ । महानगरको वडा नं. १२ ले वडामा छोराछोरीबीच समानता ल्याउन र समाजमा वंश धान्न छोरा नै चाहिन्छ भन्ने मान्यता हटाउन भन्दै छोरी मात्र पाउने दम्पतिलाई नगद पुरस्कारको घोषणा गरेको छ ।
वडा अध्यक्ष सन्तोष वास्तोलाका अनुसार २ वटासम्म छोरी जन्माएर परिवार नियोजन गर्ने दम्पतिलाई ५० हजार रुपैयाँ दिने नीति लिइएको छ । पोखराका स्वासथ्य संस्थाहरुमा छोरा भए राख्ने नत्र भ्रूण हत्या नै गर्ने क्रम बढेपछि दम्पतिमा सचेतना ल्याउने उद्देश्यले कार्यक्रम अघि सारेको उनले वास्तोलाले बताए । अपांगता भएका व्यक्तिहरुका लागि उपचार गर्न निशुल्क सवारी साधनको व्यवस्थासमेत वडाले गर्ने भएको उनले बताए । याे कार्यक्रम अन्य वडाहरूले पनि सुरू गर्ने तयारी गरेका छन् ।
वडाले वडाभित्रका विद्यालयहरुमा प्राविधिक क्षेत्रमा अध्ययन गर्ने विद्यार्थीलाई पनि वडाले नै निशुल्क इन्टरनेटको व्यवस्था गर्ने भएको छ । यसबाट विद्यालयहरुमा शिक्षण सिकाइ क्रियाकलापमा आइसिटी (सूचना र सञ्चार प्रविधि)को प्रयोग हुने विश्वासको वडाको छ । शितलादेवी सामुदायिक विद्यालय, अमरसिंह उच्च माविलगायतमा आईसिटी कक्षाको रुपमा विकास गर्ने भएको छ । विद्यालयमा कम्तिमा हप्तामा १ दिन जीवनोपयोगी शिक्षा प्रदान गर्ने नीति लिएको छ ।
यस्तै, बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एक हजार प्रोत्साहन भत्ता दिँदै आएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्षयरोग अन्त्यका लागि वडा तहमै खोज अभियान सुरु
पुष १३, २०८१ शनिबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार