भ्रष्टाचारी ठहर भएका पूर्वमन्त्री श्रेष्ठलाई ६ महिना कैद हुने, ९८ लाख बिगो र सोही बराबर जरिवाना
नेपालबहस संवाददाता
असोज ८, २०८० सोमबार १८:८:०
८ असोज, काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा पूर्वमन्त्री रामकुमार श्रेष्ठसहित ३ जनालाई दोषी ठहर भएका छन् । सोमबार विशेष अदालतका सदस्य यमुना भट्टराई र खुशीप्रसाद थारूको संयुक्त इजलासले उनलाई दोषी ठहर गरेको हो ।
श्रेष्ठले ४ करोड ४५ लाख २७ हजार ६६८ रूपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जनको २०७८ फागुन १५ मा विशेषमा मुद्दा दायर गरेको थियो । उक्त सम्पतिमध्ये ८ लाख बिगो र सोही बराबर जरिवाना हुने ठहर भएकाे छ । साथै ६ महिना कैद हुने भएकाे छ ।
पूर्वमन्त्री श्रेष्ठ २०७० सालमा तत्कालीन प्रधानन्यायाधीश खिलाराज रेग्मीको नेतृत्वमा गठित चुनावी सरकारमा मन्त्री थिए । त्यति बेला उनले पर्यटन, शान्ति तथा पुनर्निर्माण र युवा तथा खेलकुद गरी तीन वटा मन्त्रालय सम्हालेका थिए ।
उनीसँगै अन्य अवकाश पाइसकेका २ जना कर्मचारी पनि भ्रष्टाचारी ठहर भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूर्यदर्शन सहकारी बचत अपचलन: रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २४, २०८१ बुधबार
अदालतको अपहेलनासम्बन्धी मुद्दामा बार अध्यक्ष घिमिरेको विवादित अडिओ झिकाउन आदेश
पुष २३, २०८१ मंगलबार
नवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै
पुष २४, २०८१ बुधबार
बादलुको घुम्टोभित्र घोराही र देउखुरी
पुष २४, २०८१ बुधबार
दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २४, २०८१ बुधबार
देशका सबै नागरिकमा शुद्ध पेयजलको व्यवस्था गर्न सरकार क्रियाशील
पुष २४, २०८१ बुधबार