नोटकोष सुविधा लिएका बैंकसँग राष्ट्र बैंकले माग्यो नयाँ नोटको विवरण, दशैंमा क्यूआर कोडलाई प्राथमिकता दिइने
नेपालबहस संवाददाता
असोज ९, २०८० मंगलबार ११:१६:५५
९ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले नोटकोषको सुविधा लिएका बाणिज्य बैंकहरुसँग नयाँ नोटको विवरण मागेको छ । दशैका लागि आवश्यक नयाँ नोटको व्यवस्था मिलाउन राष्ट्र बैंकले बैंकसँग भएका नयाँ नोटबारे जारकारी मागेको हो । बैंकहरुमा गतवर्षको बाँकी रहेका नोटको विवरण प्राप्त भएपछि राष्ट्र बैंक यो वर्ष चाहिने आवश्य नयाँ नोटको व्यवस्था गर्नेछ ।
नयाँ नोटमा पनि नगद कारोबार कम गरी डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न राष्ट्र बैंकले क्यूआर कोडलाई प्राथमिकता दिएको छ । यसवर्ष क्यूआर कोडमार्फत धेरै कारोबार हुने अपेक्षा राष्ट्र बैंकको छ । दसैं र तिहारमा हरेक वर्ष ६० देखि ७० अर्ब रुपैयाँ बराबर नयाँ नोट जाने गरेको राष्ट्र बैंकको भनाइ छ । यसमध्ये १२ देखि १५ अर्ब रुपैयाँ सर्वसाधारणमा जाने गरेको छ ।
धरै रकम बैंक तथा वित्तीय संस्थाले लाने गरेका छन् । दसैं र तिहारको अवसरमा सामान्य सिक्कासँगै चाँदी र सुनले बनेका सिक्का पनि बिक्री हुँदै आएको छ । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख नरेश शाक्यका अनुसार यस वर्षको दसैं र तिहारमा पनि नेपाल राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय दरले नयाँ नोट सटही सुविधा दिने तयारी गरेको छ । दसैं, तिहार र छठलाई लक्ष्य गरी घटस्थापनादेखि नयाँ नोट सटही सुविधा सुरु गर्ने उनले बताए । अहिले बैंकसँग कति नोट भन्ने जानकारी लिन विवरण मागिएको हो ।
बैंक तथा वित्तीय संस्था र सर्वसाधारणको मागअनुसार के कति थप गर्नुपर्ने हो भन्नका लागि राष्ट्र बैंकका प्रादेशिक कार्यालय र नोटकोष सुविधा लिएका बैंकसँग नयाँ नोटको विवरण मागेको र नोटको विवरण संकलन भइसकेपछि घटस्थापनाको आसपासदेखि सर्वसाधारणलाई नयाँ नोट सटही सुरु गर्ने तयारी राष्ट्र बैंकको छ ।
यसअघि पनि राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा दिएको थियो । १८ हजार ५ सयमा रु ५ देखि १ सयसम्मको बन्डल रहनेछन् । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले ग्राहकको संख्या र संस्थाको मागअनुसार नयाँ नोट उपलब्ध गराउने भएको छ । राष्ट्र बैंकले आफ्ना कार्यालयमार्फत सर्वसाधारण र बैंक तथा वित्तीय संस्थालाई वर्षभर नै नयाँ नोट वितरण गर्दै आएको छ ।
दसैं, तिहार र छठका लागि सर्वसाधारणबाट नयाँ नोटको माग धेरै आउने गरेको छ । राष्ट्र बैंकसँग पर्याप्त नोट स्टकमा रहेको र नागरिकको माग पनि सम्बोधन गर्नुपर्ने भएकाले यही असोज अन्तिम सातादेखि सूचना जारी गर्ने राष्ट्र बैंकले जनाएको छ । विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने यस वर्षदेखि राष्ट्र बैंकले नयाँ नोट सटही गर्न आउनेलाई क्यूआर कोडअन्तर्गत भुक्तानी गर्न आग्रह गर्ने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २१, २०८१ आइतबार
अमेरिकी डलरको मूल्य बढ्यो, अन्य विदेशी मुद्राको भाउ कस्तो छ ?
पुष २०, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १९, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
वाह्य लेखा परीक्षणपछि बाणिज्य बैंकहरुको मुनाफमा किन देखियो अन्तर
पुष २०, २०८१ शनिबार
नेता कोइरालाले बेलायतको संसद् भवनमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने
पुष २०, २०८१ शनिबार
आइतबार तोलामा १५ सयले घटेर १ लाख ५२ हजारमा किनबेच भइरहेको छ सुन
पुष २१, २०८१ आइतबार
काठमाडौंको अनामनगरस्थित धोबीखोलमा कार खस्यो
पुष २१, २०८१ आइतबार
रास्वपा केन्द्रीय समिति बैठक आज पनि
पुष २१, २०८१ आइतबार
म्याग्दीको रत्नेचौरका तोरीबारीमा टिकटक बनाउने भीड
पुष २१, २०८१ आइतबार