ताल्चा विमानस्थलमा समिटले एयरले छाडेका चिकित्सक लिन पठाइयो निगमको जहाज
नेपालबहस संवाददाता
असोज ९, २०८० मंगलबार १२:८:८
९ असोज, काठमाडौं । मुगुस्थित ताल्चा विमानस्थलमा समिट एयरको जहाजले छाडेका डाक्टरहरूलाई लिन नेपाल वायु सेवा निगमले आफ्नाे जहाज पठाएको छ ।
डाक्टरहरु नेपालगन्ज आउन टिकट काटिसकेको अवस्थामा समिटकाे जहाजले माओवादी केन्द्रका नेता मातृका यादवसहितलाई बोकेर आएपछि उनीहरु अलपत्र परेका थिए ।
ताल्चा विमानस्थलबाट नेपालगन्ज आउन छुटेका चिकित्सकहरूलाई गन्तव्यमा पुर्याउन नेपाल वायुसेवा निगमको जहाज तत्काल पठाइसकेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती जानकारी दिए ।
मन्त्री किरातीले ताल्चा विमानस्थलबाट नेपालगन्ज आउने छुटेका चिकित्सकहरूको खबरले आफूलाई दुःखित बनाएको भन्दै समस्या समाधान गर्न निगमको जहाज पठाइसकिएको जानकारी सामाजिक संजालमार्फत दिएका छन् । ‘चिकित्सकहरुलाई गन्तव्यमा पुर्याउन नेपाल वायुसेवा निगमको जहाज तत्काल पठाइएको छ’ उनले मंगलबार लेखेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार