नेपाली क्रिकेटर ऐरीले तोडे विश्व किर्तिमान, मंगोलियाविरुद्ध नेपालले दियो ३१४ रनको लक्ष्य
नेपालबहस संवाददाता
असोज १०, २०८० बुधबार ९:१३:१३
१० असोज, काठमाडौं । नेपाली खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो अर्ध शतकको विश्व कीर्तिमान बनाएका छन् । नेपालका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो अर्ध शतकको विश्व कीर्तिमान बनाएका हुन् ।
चीनमा जारी १९ औं एसियन खेलकुदमा मंगोलियाविरूद्ध मैदानमा उत्रेका ऐरीले जम्मा ९ बल मै अर्ध शतक पूरा गरेर विश्वकिर्तिमान बनाएका हुन । यसअघि भारतका युवराज सिंहले १२ बलमा अर्ध शतक बनाएर राखेको कीर्तिमान नेपाली क्रिकेटर ऐरीले तोडेका छन् ।
पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको मंगोलियालाई कमजोर टिमको रुपमा लिइदै आएको छ । कमजोर टिमको फाइदा उठाउँदै ऐरीले पहिलो ६ बलमा ६ छक्का प्रहार गरेका थिए । १० बलको सामना गर्दा उनले ८ छक्का हिर्काएपछि उनको विश्व कीर्तिमान कायम भएको हो ।
पुरुष क्रिकेटमा नेपालले मंगोलियालाई ३ सय १५ रनको लक्ष्य दिएको छ । नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३ सय १४ रन जोडको हो । यसअघि अफगानिस्तानले आयरल्याण्ड विरुद्ध र चेक रिपब्लिकले टर्की विरुद्ध समान २७८ रन बनाएको थियो । हान्झाउस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी फिनफेङ क्रिकेट फिल्डमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३१४ रन बनाएको हो ।
नेपालका लागि कुशलले अविजित रहँदै सर्वाधिक १३७ रन बनाए । उनले ५० बल खेल्दै ८ चौका र १२ छक्का प्रहार गरे । कुशलले ३४ बलमै शतक पूरा गर्दै डेविड मिलर, रोहित शर्मा र सुदेश विक्रमाशेखरको ३५ बलको कीर्तिमान तोडे ।
यस्तै रोहितले २७ बल खेल्दै २ चौका र ६ छक्का मद्दतमा ६१ रन बनाए । कुशल र कप्तान रोहित पौडेलले तेस्रो विकेटका लागि १९३ रनको साझेदारी गरे ।
त्यसपछि आएका दीपेन्द्र सिंह ऐरीले विष्फोटक ब्याटिङ गरे । उनले १० बल मात्र खेल्दै ८ छक्का मद्दतमा अविजित ५२ रन बनाए । दीपेन्द्रले ९ बल खेल्दा ८ छक्का र एक बलमा २ रन लिँदै ९ बलमै अर्धशतक पूरा गरेर कीर्तिमान बनाएका हुन् ।
दीपेन्द्रले यसअघि युवराज सिंहको नाममा रहेको १२ बलमा अर्ध शतक बनाउने कीर्तिमान तोडे । ७.२ ओभरमा ६६ रन हुँदा दुवै ओपनरलाई गुमाएको नेपालका लागि कुशल मल्लले विष्फोटक ब्याटिङ गरेका थिए । कुशल भुर्तेल १९ र आसिफ शेख १६ रन बनाएर आउट भए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजय ट्रफी : वीरगञ्जमा आर्मीविरुद्ध पुलिस क्लबले ४ रनको झिनो अग्रता
पुष २२, २०८१ सोमबार
एलिट कपका लागि पुलिस क्लबको टोली घोषणा
पुष १९, २०८१ शुक्रबार
एलिट कपः सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा
पुष १८, २०८१ बिहिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार