सँगै नेपाल प्रवेश गरेका समुहकाे गाेली प्रहारबाट बारामा एक भारतीय युवकको मृत्यु
नेपालबहस संवाददाता
असोज १०, २०८० बुधबार १३:११:१८
१० असोज, काठमाडौं । बाराको पचरौता नगरपालिकामा गोली हानी एक भारतीय युवकको हत्या गरिएको छ । पचरौता नगरपालिका–६ लक्ष्मिनिया स्थित रहेको पोखरी नजिक मंगलबार साँझ भएको गोली प्रहारबाट भारतको मोतिहारी जिल्ला दर्पा थाना सुक्लहिया गाँउ बस्ने २२ वर्षीय अजितकुमार सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भारतबाट नेपाल प्रवेश गरेका भारतीय युवकहरुको समूहका एक जनाले सिंहमाथि गोली प्रहार गरेका थिए । सिंहकाे घटनास्थलमै मृत्यु भएकाे थियाे ।
सिंह मोतिहारी जिल्ला, दर्पा थाना–१ सुक्लहियाका सुजित कुमार सिंह, चञ्चल पाण्डे, मनिषकुमार सहनी र कामेश्वर सहनी दुईवटा अनटेस्ट मोटरसाइकलमा नेपाल प्रवेश गरेको र लक्ष्मिनियामा रहेको पोखरी नजिक पुगेपछि उनकै पछाडि बसेका सुजितले अजितलाई टाउकाेमा गोली प्रहार गरेको पाइएकाे छ । घटनापछि चारै जना युवक सोही मोटरसाइकल चढेर भारततर्फ फरार भएका थिए ।
मृतक अजितको शव पोष्टमार्टमको लागि नारायणी अस्पताल वीरगञ्जमा राखिएको छ । घट्नास्थलबाट एक थान गोलली र एक थान गोलीको खोका बरामद भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
उच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
अतिक्रमित जग्गा फिर्ता नहुँदा माछा पोखरी असुरक्षित, अवैध संरचना भत्काउने तयारी
पुष २२, २०८१ सोमबार
माओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै
पुष २२, २०८१ सोमबार
बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा
पुष २२, २०८१ सोमबार
यस्तो छ तरकारी र फलफूल आजको मूल्य
पुष २२, २०८१ सोमबार
एमाले केन्द्रीय समिति बैठक आज पनि, सदस्यहरूले बोल्ने क्रम जारी
पुष २२, २०८१ सोमबार
ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि
पुष २२, २०८१ सोमबार