सरकारविरुद्ध सर्वोच्चमा दायर १६ वाणिज्य बैंकको मुद्दा ‘हेर्न नभ्याइने’मा
नेपालबहस संवाददाता
असोज १०, २०८० बुधबार १६:५९:९
१० असोज, काठमाडौं । सरकारविरुद्ध १६ वटा वाणिज्य बैंकहरुले गएको भदौ १९ मा सर्वोच्च अदालतमा दायर गरेको मुद्दा आज ‘हेर्न नभ्याइने’मा परेको छ । बुधबार सुनुवाइका लागि पाँच न्यायाधीश सम्मिलित संवैधानिक पेशी तोकिएको थियो ।
सुनुवाइ क्रमको ६ र ७ नम्बरका परेको पेसी स्थगित भएको हो । नेपाल इन्भेष्ट मेगा लगायत १६ वाणिज्य बैंकहरुले प्रधानमन्त्री एवं मन्त्रिपरिषदको कार्यालयलगायतलाई विपक्षी बनाइ मुद्दा दायर गराएको थियो ।
बैंकहरुले एफपीओ, मर्जर तथा एक्विजिशनको ‘बार्गेन पर्चेज गेन’मा समेत कर असुल्नेलगायत सरकारको निर्णय खारेजीको माग गरेका छन् । सरकारको निर्णयका आधारमा राजस्व विभागले करसमेत निर्धारण गर्ने र कर उठाउन थालेपछि उक्त कार्य तत्काल रोक्न अन्तरिम आदेश जारी हुनुपर्ने माग रिटमा गरिएको छ ।
बैंकहरुको तर्फबाट वारेसको जिम्मा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डेलाई दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २४, २०८१ बुधबार
सिद्धार्थ बैंकको पुस २८ गते एजीएम बस्दै
पुष २४, २०८१ बुधबार
लक्ष्मी सनराइज बैंकको 'एजीएम' आज
पुष २४, २०८१ बुधबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २४, २०८१ बुधबार
देशका सबै नागरिकमा शुद्ध पेयजलको व्यवस्था गर्न सरकार क्रियाशील
पुष २४, २०८१ बुधबार
सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
पुष २४, २०८१ बुधबार
२०२४ मा १० हजार पर्यटकले गरे मनास्लु क्षेत्रको भ्रमण
पुष २४, २०८१ बुधबार
सहकारी ठगीमा मुछिएकी लेखा समिति सभापति पोखरेलकी पन्ती कोइराला अदालतमा हाजिर
पुष २४, २०८१ बुधबार