मुख्यमन्त्री यादवलाई कालोमोसो दल्ने धम्की दिने आयुर्वेदिक चिकित्सक झा रिहा
नेपालबहस संवाददाता
असोज ११, २०८० बिहिबार १२:६:३५
११ असोज, काठमाडौं । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई कालो मोसो दल्ने धम्की दिएको आरोपमा पक्राउ परेका चिकित्सक अरुण झा रिहा भएका छन् । गल्ती स्वीकार गरेपछि उनलाई बिहीबार रिहा गरिएको हो ।
चिकित्सक झाले समाजिक संजालमामा मुख्यमन्त्री यादवलाई मेन्सन गर्दै कालोमोसो दल्ने धम्की सहित सन्देश राखेका थिए । सोपछि मुख्यमन्त्री यादवको मौखिक उजुरीमा प्रहरीले सद्भाव बिथोल्न खोजेको कसुरमा अनुन्धासनका लागि झालाई मंगलबार पक्राउ गरेर थुनामा राखिँदै आएकाे थियो ।
गल्ती स्वीकार गरेर आइन्दा गल्ती नदोहोर्याउने प्रतिवद्धता जनाएपछि कागज गराएर रिहा गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । झन आयुर्वेदिक चिकित्सक हुन् ।
गत हप्ता सर्लाहीको मलंगवामा गणेशको मूर्ति सेलाउने क्रममा स्थानीय हिन्दू र मुस्लिम समुदायबीच झडप भएको घटनामा मुख्य मन्त्री यादवले सद्भाव बिथोल्ने तत्व सक्रिय रहेको र तिनलाई गोली हान्ने चेतावनी दिएका थिए । सो अभिव्यक्तिलाई लिएर झाले कालोमासो दल्ने सन्देश पोष्ट गरेको बताइन्छ ।
सन्देशलाई लिएर यादवले टेलिभित्र र रेडियो अन्तवार्तामा आफूलाई ज्यानको धम्की आएको र तिनलाइ सुरक्षाकर्मीले नदेखेझै गरेकाे आराेप लगाउँदै आपत्ति जनाएका थिए । उनले प्रदेशको मातहत अर्थात आफ्नो हातमा प्रहरी संयन्त्र भए प्रदेशका अशान्त फैलाउन खोज्ने र भ्रष्टाचारी, तस्करलाई ‘ठीक पार्ने’ अभिव्यक्ति दिँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
उच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
माओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै
पुष २२, २०८१ सोमबार
बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा
पुष २२, २०८१ सोमबार
यस्तो छ तरकारी र फलफूल आजको मूल्य
पुष २२, २०८१ सोमबार
एमाले केन्द्रीय समिति बैठक आज पनि, सदस्यहरूले बोल्ने क्रम जारी
पुष २२, २०८१ सोमबार
ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि
पुष २२, २०८१ सोमबार
पाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार