प्रधानमन्त्री चीनमा अतिथिसत्कार र आसेपासेहरूको प्रशंसामा रमाए : डा. भट्टराई
नेपालबहस संवाददाता
असोज ११, २०८० बिहिबार १४:३८:३७
११ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीन भ्रमणका क्रममा दीर्घकालीन राष्ट्रिय हितको पक्षमा सम्झौता हुन नसकेको बताएका छन् ।
उनले भ्रमण मुलुकेको आर्थिक संकट र इतिहासमै कमजोर वअस्थामा पुगेको अन्तर्राष्ट्रिय हैसियत लाई अवसरमा बदल्ने प्रयोग गर्नेमा सदुपयोगन हुने नसकेको टिप्प्णी गरेका छन् ।
८ दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डको बुधबार तिब्बब पुगेका तस्बीर सामाजिक संजालमा राखेर लामो सन्देश पोष्ट गर्दै डा. भट्टराईले भ्रमण सतही अतिथिसत्कार र आफ्नै आसेपासेहरूको प्रशंसामा रमाएको कडा टिप्पणी गरेका छन् । ‘चीनले अघि सारेको बिआर्आइ र जिडिआइलाई कसरी हाम्रो दीर्घकालीन राष्ट्रिय हितमा प्रयोग गर्ने भन्नेमा प्रमको भ्रमण केन्द्रित हुनुपर्थ्यो’ उनले लेखेका छन् ‘कमसेकम परम्परागत हिमाली पर्खाललाई छेडेर दुइ देशको अर्थतन्त्रलाई जोड्ने आधुनिक यातायातरपारबहन पूर्वाधार छिटो निर्माण गर्न प्राथमिकता दिनुपर्थ्यो, तीर्थाटन त हुॅदै गर्थ्यो ।’
उनले भ्रमण कति उप्लब्धिपूर्ण रह्यो भन्ने विषय भविष्यमा देखिने संकेत गर्दै भ्रमण देशको आवश्यकता र सम्भावनाको कसीमा कति परिणाममुखी रह्यो भन्ने कुरा प्रमुख रहेको बताएका छन् । मुलुकको अन्तर्राष्ट्रिय छबि कमजोर अवस्थामा रहेको बेला ‘दूरदर्शी नेतृत्वले संकटलाई अवसरमा बदल्ने प्रयत्न गर्ने हो, न कि सतही अतिथिसत्कार र आफ्नै आसेपासेहरूको प्रशंसामा रमाएर बस्ने ?’ प्रश्न समेत गरेका छन् ।
उनले दुई छिमेकी भारत र चीन आर्थिक वृद्धि द्रूत गतिमा भइरहेको बेला मुलुकलाई अल्पविकासको दुष्चक्रबाट उकास्न भ्रमण केन्द्रित हुनुपर्नेमा त्यसो हुन नसकेको उनको निष्कर्ष छ । ‘सबैले लेखेर राखौं,सयौं वर्षदेखि अविकासरअल्पविकासको दुष्चक्रमा फस्दै आएको नेपालको तीब्र गतिको आर्थिक रूपान्तरण (दुई अंकको आर्थिक वृद्धिदर, दुई दशक निरन्तर)को लक्ष्य दुई ठूला छिमेकी अर्थतन्त्रको मूल्य शृंखलासँग तालमेल मिलाएर अघि नबढी सम्भवै छैन’ उनले लेखेका छन् ।
प्रचण्ड भ्रमण सकेर असाेज १३ गते मात्र स्वदेश फर्किनेछन् । आज तिब्ब्तकाे बाटाेबाट मानसराेबर कैशाल पर्वत जाँदैनछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार
कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार