उडान नियम उल्लंघन गरेपछि श्री एयरलाइन्स र फिस्टेल एयर कारवाहीमा, एएस ३५० हेलिकप्टर उडानमा रोक
नेपालबहस संवाददाता
असोज ११, २०८० बिहिबार १७:१९:५
११ असोज, काठमाडौं । हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान नियम उल्लंघन गरेको आरोप श्री एयरलाइन्स र फिस्टेल एयर कम्पनीलाई कारवाही गरेको छ । उच्च हिमाली क्षेत्रमा उडान गर्दै आएका यी दुई कम्पनीले तोकिएको मापदण्ड पालन नगरे कारण कारबाही गरिएको प्राधिकरणले जनाएको छ ।
यी कम्पनीले खराब मौसममा पनि लुक्ला क्षेत्रमा उडान गरेका थिए । प्राधिकरणले उडान गर्न नहुने भनि तोकेको समयमा त्यसको उल्लंघन गर्दै हेलिकोप्टर उडाएपछि दुई कम्पनीका हेलिकोप्टरको उडानमा रोक लगाइएको हो । प्राधिकरणका अनुसार दुई कम्पनीका एएस ३५० बी ३ ई मोडलका हेलिकोप्टरको उडानमा आज बिहीबारदेखि नै प्रतिबन्ध लगाइएको छ ।
प्राधिकरणका अनुसार यसरी प्रतिबन्ध लाग्ने कम्पनीमा श्री एयरलाइन्स र फिस्टेल एयरका हेलिकोप्टर छन् । यी कम्पनीले भिजिबिलिटी १ सय मिटर समेत नभएको अवस्थामा समेत भीएफआर नियम उल्लंघन गर्दै हेलिकोप्टर उडाएपछि प्राधिकरणले अर्को निर्णय नभएसम्मका लागि हेलिकोप्टर उडानमा रोक लगाउने निर्णय गरेको हो । यी कम्पनीका अन्य मोडलका हेलिकोप्टरको उडानमा भने रोक नलगाइएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार