मणिपाल अस्पताल र मृतकका परिवारबीच सहमति, डाक्टरहरूकाे आन्दाेलन फिर्ता
नेपालबहस संवाददाता
असोज १२, २०८० शुक्रबार ११:२०:५५
१२ असोज, काठमाडौं । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएको विषयमा चलेको विवाद साम्य भएको छ । अस्पताल र मृतकका परिवारबीच शुक्रबार बिहान ६ बुँदे सहमति भएसँगै विवाद साम्य भएको हो ।
उपचारका क्रममा यही असोज ७ गते मृत्यु भएकी लमजुङ सुन्दरबजार नगरपालिका–६ की ५७ वर्षीया सुकमाया दुराको मृत्यु भएको थियो । सामान्य ज्वरो र ढाड दुखेर उपचारका ल्याइएका दुराको चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै मृतकका परिवार र आफन्तले अस्पतालविरुद्ध आन्दोलन र चिकित्सकमाथि समेत कुटपिट गरेका थिए । अस्पतालमा तोडफोड भएको थियो । त्यसपछि चिकित्सक र नर्स सुरक्षाको माग गर्दै आन्दोलनमा उत्रिँदा आकस्मिक बाहेक ओपीडी सेवा पूर्णरुपमा ठप्प भएको थियो । सोको कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै देशैभरका चिकित्सक जिल्ला र काठमाडौंमा प्रदर्शनमा उत्रिएका थिए ।
घटनाको छैटौं दिनपछि मृतकका परिवार र अस्पताल प्रशासनबीच सहमति भएको छ । अस्पतालले अल्पसंख्यक दुरा जातिका विपन्न परिवारलाई उपचारमा निशुल्क गर्ने, लमजुङको सुन्दर बजार नगरपालिकाभित्र हरेक वर्ष असोज ७ गते विशिष्टकृत चिकित्सकबाट निल्शुल्क स्वास्थ्य शिविर संचालन गर्ने, मृतक सुकमायाको मृत्यु घटनाबारे निष्पक्ष अनुसन्धान गर्ने, चिकित्सकले विनय गुरुङविरुद्ध दायर मुद्दामा सहजीकरण गर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन, २०६६ कार्यान्वयन गर्ने लगायत विषयमा सहमति भएको छ । साथै चिकित्सकहरूले आन्दाेलन आजैबाट फिर्ता हुने सहमति भएकाे अस्पतालले जनाएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्षयरोग अन्त्यका लागि वडा तहमै खोज अभियान सुरु
पुष १३, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार