रोकिराखेको रोलरबाट डिजेल चोरी, २ युवक पक्राउ
नेपालबहस संवाददाता
असोज १२, २०८० शुक्रबार १२:२३:११
१२ असोज, काठमाडौं । तनहुँको आँबुखैरेनीमा रोकिराखेको रोलरबाट डिजेल चोरी गरेको आरोपमा प्रहरीले २ जना युवकलाई पक्राउ गरेको छ । आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा पार्किङ गरी राखिएको रोलरबाट डिजेल चोरी बिक्री गरेको आरोप उनीहरुमाथि लगाइएको छ ।
पक्राउ पर्नेमा तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पाका २७ वर्षीय सुलोचन भट्टराई र रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० का २८ वर्षीय रामबहादुर चमार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
चाइना कम्युनिकेशन कन्ट्रक्सन प्रालिको रोलरबाट ११० लिटर डिजेल चोरी गरेको खुलेको प्रहरीको दाबी छ ।
डिजल चोरी गरी ग्यालिनमा राखेर हायलक्स गाडीमा लोड गर्दै गरेको अवस्थामा रंगेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ । चोरीको डिजेल बोक्ने बा २० च ७४९ नम्बरको हायलक्स गाडीलाई नियन्त्रणमा लिइएको छ ।
आरोपीहरुलाई बिहीबार नै जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्षयरोग अन्त्यका लागि वडा तहमै खोज अभियान सुरु
पुष १३, २०८१ शनिबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार