वीरगञ्ज बाल सुधार गृहबाट दुई कैदी फरार
आबिद हुसेन
असोज १२, २०८० शुक्रबार १२:२५:३१
१२ असोज, वीरगञ्ज । वीरगञ्जस्थित बाल सुधार गृहबाट दुई जना बालकैदी फरार भएका छन् । छतमाथिबाट हाम फालेर वीरगञ्ज – ४ बिर्तास्थित बाल सुधार गृहको दुई जना बालकैदी फरार भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले बालकैदीहरू फरार भएको पुष्टि गरे । उनले भने, “आज बिहान उनीहरू छतमाथिबाट हाम फालेर फरार भएका हुन् । खोजी कार्य भइरहेको छ ।”
फरार भएका बालकैदीहरूको विषयमा उनले थप जानकारी दिन चाहेनन् । यद्यपि प्रहरी स्रोतका अनुसार फरार भएकाहरूमध्ये एक जना कर्तव्य ज्यान र अर्का कैदीलाई जबर्जस्ती करणी मुद्दामा बाल सुधार गृहमा ल्याइएको थियो । उनीहरूको खोजी कार्य तीव्र पारिएको डीएसपी थापाले बताए ।
भदौ २६ गते मात्रै भक्तपुर बाल सुधार गृहबाट वीरगञ्ज बाल सुधार गृहमा ल्याइएका बालकैदी र यहाँ पहिलैदेखि बस्दै आएकाहरू बीच झडप भएको थियो । झडप दुई जना प्रहरीसहित १३ जना घाइते समेत भएका थिए । झडप पश्चात् भक्तपुरको सुधार गृहबाट ल्याइएका कैदीहरूलाई अन्यत्र सारिएको थियो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थप‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
उच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा
पुष २२, २०८१ सोमबार
यस्तो छ तरकारी र फलफूल आजको मूल्य
पुष २२, २०८१ सोमबार
एमाले केन्द्रीय समिति बैठक आज पनि, सदस्यहरूले बोल्ने क्रम जारी
पुष २२, २०८१ सोमबार
ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि
पुष २२, २०८१ सोमबार
पाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्दै गोरखा नगरपालिका
पुष २२, २०८१ सोमबार