एमाले बागमतीको पदाधिकारीमा पूर्वमाओवादी धारबाट एकमात्र उपसचिव पदमा रिताको प्रतिस्पर्धा
नेपालबहस संवाददाता
असोज १२, २०८० शुक्रबार १३:३१:४७
१२ असोज, कठमाडौं । नेकपा (एमाले)को बागमती प्रदेश प्रथम अधिवेशनमा नयाँ नेतृत्वसहितको टिम चयनका लागि जारी निर्वाचनमा पूर्वमाओवादी केन्द्रबाट एकमात्र उम्मेदवार रिता गौतम ढकालले उपसचिव पदमा प्रतिस्पर्धा गरिरहेकी छन् ।
पाँचजना पदाधिकारी निर्वाचित हुनेमा नेकपा विभाजनपछि केपी ओली नेतृत्वको समूहमा रहेर एमाले बनेकी पूर्वमाओवादी केन्द्र धारबाट गौतम एकमात्र उम्मेदवार हुन् ।
काभ्रेपलाञ्चोक चमण्डन देउपुरकी उनी तत्कालीन नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य थिइन् । पार्टी एकतापछि बनेको नेकपामा भने उनी केन्द्रीय कमिटीबाट प्रदेश तहमा झरेकी थिइन् ।
सर्वोच्चको परमादेशबाट नेकपा विभाजन भएर पूर्ववत् पार्टी ब्युँझिदा उनी प्रचण्डको साथ छाडेर ओली नेतृत्वको एमालेमा बसेकी थिइन् । एमाले रोक्जे क्रममा काभ्रेको साविक माओवादीका २८ जना जिल्ला कमिटी सदस्यसहित उनले नेतृत्व गरेकी थिइन् ।
उनी उनी २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट मण्डन देउपुर नगरपालिकाको मेयर उम्मेदवार थिइन् । गौतम योपटक अध्यक्ष पदका उम्मेदवार रामेछापका कैलाश ढुंगेल प्यानलबाट महिला उपसचिवको उम्मेदवार उठेकी हुन् । उनीसँग काभ्रेकै पुराना एमाले नेतृ भक्तकुमारी लामा प्रतिस्पर्धामा छिन् । ढुंगेल पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधर हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ८, २०८१ मंगलबार
पर्यटन प्रवर्द्धनका लागि अन्नपूर्ण म्याराथन
जेठ ८, २०८१ मंगलबार
पलाञ्चोक भगवती : संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम
जेठ ८, २०८१ मंगलबार
कालोपत्रे सडक निर्माणको काम हुँदै
जेठ ८, २०८१ मंगलबार
बाँकेमा हुरीबतासले विद्युत् आपूर्ति प्रभावित
जेठ ८, २०८१ मंगलबार
दोलखामा सञ्चालित हाडजोर्नी शिविरबाट एक हजार एक सय बढी लाभान्वित
जेठ ८, २०८१ मंगलबार