नेपाललाई धर्म निरपेक्ष किन बनाइयो, हामीलाई कारण चाहियो
इन्द्र रिजाल
बैशाख ३, २०७६ मंगलबार १६:४४:५५
काठमाडौं । आफ्नो देशको संविधानमा धार्मिक राज्य लेख्ने केही पश्चिमा राष्ट्रहरु नेपालको संविधानमा धर्म निरपेक्ष लेख्न सक्रिय हुनुको कारण खोज्न माग गरिएको छ ।
चैत्र नवरात्रका अवसरमा नेपाल मष्टो प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा अन्तर धार्मिक परिषद्का सचिव केशवप्रसाद चौलागाईँले नर्वेको संविधानमा धार्मिक राज्य लेखिएको उल्लेख गर्दै नेपाललाई धर्म निरपेक्ष लेख्न नर्वेजियन सरकारी संस्था सक्रिय हुनुको कारण खोज्न बुद्धिजीवी र सरकारसँग माग गरेका छन् ।
यसको खोजी गर्ने काम धार्मिक संस्था र कर्मकाण्ड गर्ने पण्डितको मात्र हुन नहुने उनको भनाइ थियो । कार्यक्रममा भारतको गोवा केन्द्रीय कार्यालय रहेको हिन्दू जनजागृति समितिका मार्गदर्शक डा. चारुदत्त पिङ्गलेले बेलायतमा लिखित संविधान नभए पनि त्यस भूमिको प्राचीन धर्म क्रिश्चियन भएकाले त्यसका आधारमा राज्य चलेकोतर्फ नेपाल–भारतका शासकको ध्यान जानुपर्ने बताए ।
सन् २०२३ सम्म समितिले भारतलाई हिन्दू राष्ट्र बनाउने लक्ष्य राखेर गतिविधि गरिरहेको उनले जानकारी दिए । नेपाल, भारतमा ९० प्रतिशतभन्दा बढी वैदिक सनातन ॐ कार परिवारका धर्मावलम्बी भए पनि निरपेक्ष लेख्दा जनमत नलिइएकाले यस्तो शासन लोकतान्त्रिक हुनसक्छ कि सक्दैन भनी पिङ्गलेले प्रश्न गरे ।
धर्मका माध्यमबाट देशकै स्वास्थ्य बिगार्न खोजिएकाले आफू मेडिकल चिकित्सकको जागिर छाडेर समितिमा सक्रिय रहेको उनको भनाइ थियो । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. सुरेन्द्र केसीले मौलिक धर्म संस्कृतिको संरक्षण गर्नु राज्यको दायित्व भए पनि धर्मान्धताले मानवता र सामाजिकता हराउन दिनु नहुने विचार राखे ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष विष्णु खड्कालगायतले धर्मलाई माध्यम बनाएर केही देशी/विदेशीले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोजेकोतर्फ सबै सचेत रहनुपर्ने बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थप'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
सभापति देउवाले वरिष्ठ नेताबारे निर्णय नगर्दा कांग्रेसमा सधैं वरीयता विवाद
मंसिर २३, २०८१ आइतबार
बीआरआई सहकार्य फ्रेमवर्कपछि गठबन्धनमा खटपट बढेको आशंका, कांग्रेस नेताहरु बीच नै मतभेद
मंसिर २१, २०८१ शुक्रबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
प्रसाईंको बयानः कम्बोडियामा ओलीको साढे ३२ अर्ब लगानी छ भनेर साथीले पठायो, मैले सार्वजनिक गरे
मंसिर २७, २०८१ बिहिबार
दाङमा बाक्लो हुस्सु
मंसिर २७, २०८१ बिहिबार
हिमपहिरोले बनाएको पोखरी
मंसिर २७, २०८१ बिहिबार
धौलागिरि हिमालको मनोरम दृष्य
मंसिर २७, २०८१ बिहिबार
कमलादीमा भासिएको सडक आजदेखि सुचारु
मंसिर २७, २०८१ बिहिबार
सहकारी ठगी प्रकरणः म्याद थप गर्न रवि लामिछानेलाई अदालत पुर्याइयो
मंसिर २७, २०८१ बिहिबार