इन्स्योरेन्स अथाहा सम्भावनाको क्षेत्र हो : जि.सी
नेपालबहस संवाददाता
असोज १२, २०८० शुक्रबार २३:३७:११
प्रकाश डोटेल
१२ असोज, स्याङ्जा । सूर्यज्योति लाईफ ईन्स्योरेन्स कम्पनी गण्डकी प्रदेशका प्रमुख मिनबहादुर जि.सी.ले ईन्स्योरेन्स (जीवनबीमा) अथाहा सम्भावनाको क्षेत्र रहेको बताएका छन् । उनले जीवन बीमा समाज सेवाका अलवा आर्थिक विकासको क्षेत्र पनि भएकाले यसको सम्भावना गणना गर्न सकिने भएकाले अथाहा सम्भावनाको क्षेत्र रहेको बताए ।
कम्पनीको पुतलीबजार शाखाले आयोजना गरेको बीमा सचेतनातथा सम्मान कार्यक्रममा बोल्दै प्रमुख जि.सी.ले बीमाको बजार प्रशस्त र खुल्ला रहेको समेत बताए । बीमा गराउने समयमा बीमितले आर्थिक समस्या रहेको बताउने गरेपनि बीमाबाट राम्रो प्रतिफल आउने र अस्तव्यस्त दिनचर्याको सुरक्षा प्रदान गर्न बीमा अनिवार्य भएको उनको भनाई थियो ।
नेपालमा करिब ४० प्रतिशत नागरिकले जीबन बीमा गरेको स्पष्ट पार्दै जि.सी.ले ६० प्रतिशत बजार खुल्ला रहेको बताए । उनले बीमा गराउने एजेन्सीहरुले आफ्नो प्रतिभालाई ठिक समयमा सहि सदुपयोग गर्न सके आर्थिक क्षेत्रमा थप सफलता प्राप्त हुने दाबी गरे । उनीहरुले अवसरसँगै पेशागत चुनौती थपिदै गएको कुरामा जोड दिएका थिए ।
कार्यक्रममा २०२३ मा एम.डि.आर.टी. बन्न सफल पत्रकार प्रकाश डोटेल, कम्पनीका पोखरास्थित सभागृह शाखाका सिनियर एजेन्सी म्यानेजर सरला आचार्यले बीमा क्षेत्रमा लागेर प्राप्तहुने सफलता र जीवनमा आउने चुनौतीलाई सहजै पन्छाउने सकिने विचार व्यक्त गरे ।
त्यस अवसरमा सूर्यज्योति लाईफ ईन्स्योरेन्स कम्पनी पुतलीबजार शाखामा क्रियाशिल एजेन्सी म्यानेजर तथा सहकारीकर्मी शालिकराम काफ्ले, व्यवसायी पूर्णिमा श्रेष्ठ र राजेश कुँवर लगाएतका वक्ताहरुले बीमाको महत्वका बारेमा समेत बोलेका थिए ।
बीमा सचेतना तथा सम्मान कार्यक्रममा आर्थिक वर्ष २०७९÷०८० मा व्यक्तिगत रुपमा प्रथम बीमाशुल्क संकलनमा उत्कृष्ट कारोबार गरेकोमा प्रकाश डोटेल र समूहगत रुपमा बीमा शुल्क संकलन गर्ने रामप्रसाद लामिछानेलाई सम्मान तथा एजेन्सी म्यानेजरहरुलाई समेत सम्मान गरिएको थियो ।
सूर्यज्योति लाईफ ईन्स्योरेन्स कम्पनीपुतलीबजार शाखा कार्यालयको आयोजनामा भएको कार्यक्रमको संचालन र स्वागत कम्पनीका एजेन्सी म्यानेजर अमृत अर्याल र निशा बश्यालले गरेका थिएभने कार्यक्रमको अध्यक्षता शाखाका प्रमुख सुजन पोखरेलले गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भुकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति
पुष २३, २०८१ मंगलबार
गेटा अस्पतालको स्तरोन्नति गर्ने सोचमा सरकार
पुष २३, २०८१ मंगलबार
सार्वजनिक यातायात : सरकार भाडा दर मात्र बढाउँछ छैन सुधारका योजना [ फोटो फिचर ]
पुष २३, २०८१ मंगलबार
भारतले ‘स्पेस डकिङ’ प्रयोगमा ढिलाइ गर्यो
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पपछि माउन्ट कोमोलाङ्मा क्षेत्र बन्द
पुष २३, २०८१ मंगलबार
जर्मनीमा विद्युतीय कार बिक्री २७.४ प्रतिशतले घट्यो
पुष २३, २०८१ मंगलबार