राजनीतिक तहमा विश्वास र पूर्वाधार तथा व्यापार लगानीमा द्विपक्षीय सहयोगको मार्गप्रशस्त भएको छः प्रधानमन्त्री
नेपालबहस संवाददाता
असोज १३, २०८० शनिबार १३:२०:५१
१३ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राष्ट्रसंघीय महासभा र चीन भ्रमण सफल भएको बताएका छन् । चीनबाट स्वदेश फर्कने क्रममा शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रधानमन्त्री दाहालले दुवै भ्रमण सफल भएको बताएका हुन् । प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्नेबारेमा सकारात्मक छलफल भएको बताए ।
नेपाल र चीनको जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्ने र दुई देशको हवाई उडानबीच सहकार्य गर्न प्रोत्साहन गर्ने बारेमा सकारात्मक छलफल हुनुको साथै दुई देशबीच भएको समझदारीहरू र अन्तर्राष्ट्रिय मूल्य मान्यता र सिद्धान्तमा आधारित भइ अघि बढाउने कुरा भएको छ’ उनले भने ।
भ्रमणका क्रममा चीनसँगको व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दे लैजाने बारेमा छलफल भएको उनले बताए । करिब ४ वर्ष चीन र नेपालबीच उच्चस्तरीय भ्रमण नभएकाले बेला आफ्नो भ्रमण हुनु महत्वपूर्ण रहेको पनि प्रधानमन्त्री प्रचण्डले बताए । उनले भने, ’समग्रमा दुवै भ्रमणका बारेमा भन्नुपर्दा दुवै भ्रमणहरू सफल भएको मैले ठानेको छु । चीनको भ्रमणले झन्डै चार वर्ष लामो नेतृत्व तहबाट एक अर्को मुलुकमा भ्रमण नभएको स्थितिको अन्त्य गरेको छ ।’
उच्चस्तरमा भएको द्विपक्षीय वार्ताबाट छिमेकीहरूका संवेदनशील विषयहरूमा नेपालले पालना गर्दै आएको नीतिको पुनर्पुष्टि भएको पनि उनको भनाइ छ । उनले अगाडि भने, ’राजनीतिक तहमा विश्वासको वातावरण बनेको छ, पूर्वाधार निर्माण, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तारमा द्विपक्षीय सहयोग र सहकार्यलाई तीब्रता दिने मार्ग प्रशस्त भएको छ, नेपाल र नेपाली जनताप्रति चिनियाँ नेताहरूको सद्भावमा अभिवृद्धि भएको छ ।’
त्यस्तै संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री स्तरमा भएको सहभागिताबाट नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पु–याउन संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय समुदायको सद्भाव हासिल गर्ने काम भएको पनि प्रधानमन्त्री दाहालले बताए । नेपालमा द्वन्द्वबाट शान्तितर्फ रुपान्तरणको सफल उदाहरणलाई अन्तर्राष्ट्रिय समुदायले उचित मान्यता दिनुपर्ने विषयमा नेपालले जोड दिएको पनि उनको भनाइ छ ।
दिगो विकासका लक्ष्यहरूको कार्यान्वयन तथा जलवायु परिवर्तनका प्रभावहरू बारे नेपाल लगायत अति कम विकसित मुलुकहरूका चुनौती र तिनको सम्बोधनका लागि विश्व समुदायको ध्यानाकर्षण गराउने विषयमा नेपाल यसपटक देखिने गरी प्रस्तुत गर्न सफलता मिलेको उनले बताए । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्र संघको ७८औँ महासभामा भाग लिन भदौ ३० गते न्युयोर्क प्रस्थान गरेका थिए । उनले असोज ४ गते राष्ट्रसंघीय महासभालाई सम्बोधन गरेका थिए ।
अमेरिकी राष्ट्रपति जो बाइडेनको आयोजनामा भएको स्वागत समारोहमा सहभागी भएका दाहालले राष्ट्रसंघको दिगो विकास र जलवायुसम्बन्धी शिखर सम्मेलनलगायत कार्यक्रमलाई समेत सम्बोधन गरेका थिए । उनले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गर्नुका साथै विभिन्न देशका आफ्ना समकक्षीसँग समेत भेट गरेका थिए ।
न्युयोर्कको ५ दिने भ्रमणपछि प्रधानमन्त्री दाहाल असोज ५ गते चीन प्रस्थान गरेका थिए । । १९औं एसियाली खेलकुद्को उद्घाटन समारोहमा भाग लिन न्युयोर्कबाट चीनको हाङचउ पुगेका थिए । प्रधानमन्त्री दाहालले हाङचउमै चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए । उनले दुई देशबीच भएको समझदारी र अन्तर्राष्ट्रिय मूल्य मान्यता तथा सिद्धान्तमा आधारित भइ अघि बढाउने सहमति भएको पनि बताए ।
नेपालको आवश्यकताअनुसार चिनियाँ पक्षले अरनिको राजमार्ग मर्मत परियोजनाको चौथो चरण सुरु गर्ने सहमति भएको पनि उनले बताए । स्याँप्रुबेसी–रसुवागढी सडक मर्मतका लागि चिनियाँ पक्ष तयार भएको र हिल्सा सिमिकोट सडकको सम्भाव्यता अध्ययन गरी अघि बढाउन सहमति भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
चीनसँग टोखा–छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययनलाई तीव्र गतिका साथ अघि बढाउने, काठमाडौं चक्रपथ सडकको दोस्रो चरणको कार्यान्वयनलाई तीव्रता दिने सहमति भएको पनि बताए । उनले नेपाल–चीन रेल्वे सहयोगका लागि कार्यदलको आठौँ बैठक छिटै गर्नेलगायत १२ वटा समझदारी पत्रमा हस्ताक्षर भएको जानकारी दिए ।
नेपाल र चीनबीच परम्परागत नाकाका अतिरिक्त अन्तर्राष्ट्रिय व्यापार नाका सञ्चान हुने बताएका उनले मुस्ताङको कोरला नाका खोल्नुका साथै किमाथांका र ओलङचुङगोला चाँडै सञ्चालनमा ल्याउने सहमति भएको जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले मुस्ताङको कोरला नाकामा चीनले पूर्वाधारमा सहयोग गर्ने सहमति भएको बताए । प्रधानमन्त्री प्रचण्डले तिब्बत र नेपालको रेल, सडक, हवाईसेवा विद्युत् प्रशारण लाइन सबै क्षेत्रबाट जोडेर ट्रान्स हिमालयन मल्टी डाइमेन्सनल कनेक्टिभिटीको विषयलाई व्यवहारमा उतार्नेबारेमा छलफल भएको बताए । ल्हासाबाट काठमाडौं हवाई सेवा पुनः सुचारु गर्नसमेत अनुरोध गरेको बताए ।
त्यस्तै बेइजिङमा चिनियाँ समकक्षी ली छ्याङसँग एक्लाएक्लै र द्विपक्षीय भेटवार्ता भएको थियो । त्यस्तै प्रधानमन्त्री दाहाल बेइजिङमा विभिन्न कार्यक्रममा समेत सहभागी भए । प्रधानमन्त्री दाहाल छोङछिङ र मानसरोवर हुँदै छेन्दु आइपुगेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमाले केन्द्रीय कमिटी बैठक भोलि पनि
पुष २२, २०८१ सोमबार
माओवादी बैठकः प्रचण्डको प्रतिवेदनमाथि अब १०० जनाले बोल्न बाँकी
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार