बलिउड अभिनेता रणदीप फेरि चर्चामा, अक्षयले डिप्रेसनमा पुर्याएको आरोप
नेपालबहस संवाददाता
असोज १३, २०८० शनिबार २१:११:११
१३ असोज, मुम्बइ । बलिउड अभिनेता रणदीप हुड्डा फेरि चर्चामा छन् । अभिनेताले हालै आफ्नो बारेमा एक अचम्मको खुलासा गरेका छन्। केही समयअघि आफू डिप्रेसनको सिकार भएको उनले बताएका छन, जुन डिप्रेसनको श्रेय बलिउड खेलाडी अक्षय कुमारलाई दिएका छन् ।
हालै एक अन्तर्वार्ताका क्रममा उनले यो कुरा खुलाएका हुन् । रणदीपले भने कि सन् २०१६ मा राजकुमार सन्तोषीको फिल्म ‘ब्याटल अफ सारागढी’ को घोषणा भएको थियो । यो फिल्ममा रणदीप मुख्य भूमिकामा थिए ।
यसैबीच सन् २०१८ मा अक्षय कुमारको ‘केसरी’ घोषणा भएको थियो र सोही वर्ष फिल्म पनि रिलिज भएको थियो । दुवैको कथा एउटै मुद्दामा आधारित थियो । तर ‘केसरी’ असफल भए पछि रणदीपको फिल्म पनि बक्स अफिसमा रिलिज हुन सकेन । जसका कारण उनी निकै डिप्रेसनमा गएका थिए ।
अभिनेताले भने, ‘फिल्म बनाउन ३ वर्ष लाग्यो । मैले यो परियोजनाको लागि कडा मेहनत गरें। फिल्ममा ईशर सिंहको भूमिका निर्वाह गर्न मैले यी तीन वर्षमा कपाल र दाह्री बढाएँ । यो अवधिमा मैले धेरै फिल्मको अफर अस्वीकार गरें। फिल्म रिलिज नभएपछि म डिप्रेसनमा गएँ । मलाई कसैले ठूलो धोका दिएको जस्तो लाग्थ्यो ।
फिल्म रिलिज नहुँदा रणदिव हुड्डा निकै प्रभावित भएका थिए । कसैले दाह्री काट्छ कि भन्ने डरले कोठामा ताला लगाएको उनले बताए । अभिनेताले थप भने, ‘कतिसम्म भने मेरा आमाबुवाले मलाई एक्लै छोड्नुभएन। म यो कुराबाट धेरै प्रभावित हुन थालेँ। त्यसपछि मैले निश्चय गरें कि म यो डिप्रेसनको घटना दोहोराएर अब कहिल्यै हुन दिन्न।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म 'गेम चेन्जर'को प्रि-रिलिजमा रामचरणका दुई फ्यानको मृत्यु
पुष २३, २०८१ मंगलबार
पुष्पाः२ ले तोडयो बलिउडको सबैजसो रेकर्ड, आमिरको रेकर्ड तोडन मात्रै बाँकी
पुष २२, २०८१ सोमबार
९२ बर्ष अघि बलिउडको पहिलो किसिङ सीन, नायिका बारे जान्नुहोस् !!!
पुष २०, २०८१ शनिबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार