बिरामीसंग गर्ने व्यवहारमा सुधार ल्याउन चिकित्सक र स्वास्थ्यकर्मीलाई मेयर सिंहको सुझाव
आबिद हुसेन
असोज १३, २०८० शनिबार २१:३३:४१
१३ असोज, वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले उपचारका लागि आउने बिरामीसंग गर्ने व्यवहारमा सुधार ल्याउन नारायणी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई सुझाव दिएका छन् ।
वीरगंजस्थित नारायणी अस्पतालको स्थापनााको १३१ वर्ष पुरा भएको उपलक्ष्यमा शनिबार आयोजित प्रथम वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मेयर सिंहले यस्तो सुझाव दिएका हुन् ।
कार्यक्रममा सहभागी चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई इंगीत गर्दै मेयर सिंहले भने,'आज स्वास्थ्य मन्त्री ज्यु आएका बेला तपाई सबै जना एप्रोन लगाएर चिटिक्क भएर आउनु भएको छ । तर बिरामीलाई सेवा दिने बेला तपाईंहरूको व्यवहार अलग हुन्छ । त्यसकारण मन्त्री ज्यु आउँदा जसरी चिटिक्क परेर आउनु भएको छ । त्यसरी नै बिरामीको उपचार गर्दा र सेवा दिदाँ तपाईहरुको व्यवहारपनि त्यस्तै सुमधुर र बिरामीमैत्री होस् भन्ने चाहन्छु ।'
मेयर सिंहले नारायणी अस्पतालमा सरकारले निर्माण गर्ने निर्णय गरेको ५ सय शैयाको भवनको विषयमा अदालतमा विचाराधीन मुद्दालाई छिट्टै टुंगो लगाउन कार्यक्रममा सहभागी स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतसंग आग्रह गरे ।
उनले नारायणी अस्पतालमै मृगौला प्रत्यारोपण 'किड्नी ट्रान्सप्लाण्ट' सेवा सञ्चालनका लागि मन्त्री बस्नेतसंग अनुरोध गर्दै त्यसका लागि आवश्यक भवन निर्माण वीरगन्ज महानगरपालिकाले गरिदिने प्रतिबद्धता पनि जनाए ।
उनले नारायणी अस्पतालमा रहेका कमीकमजोरी सुधार्न सबै जना एकजुट भएर लाग्न आवश्यक भएकोपनि बताए । कार्यक्रममा अस्पताललाई सहयोग गरेको भन्दै मेयर सिंहलाई दोसल्ला र कदरपत्रले सम्मानित पनि गरिएको थियो ।
अस्पतालका निमित्त मेसु डा. चितरञ्जन साहको अध्यक्षता तथा स्वास्थ्यमन्त्री बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मधेसका स्वास्थ्यमन्त्री वीरेन्द्र सिंह, प्रतिनिधिसभा सदस्यहरु प्रदीप यादव, अजय चौरसिया, प्रभु हजरा, वीणा जयसवाल , प्रदेशसभा सदस्यहरु जनार्दन सिंह क्षेत्री , श्याम पटेल लगायतको सहभागीता थियो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थप‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
उच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
एमाले केन्द्रीय समिति बैठक आज पनि, सदस्यहरूले बोल्ने क्रम जारी
पुष २२, २०८१ सोमबार
ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि
पुष २२, २०८१ सोमबार
पाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्दै गोरखा नगरपालिका
पुष २२, २०८१ सोमबार
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
पुष २२, २०८१ सोमबार
तराईमा शीतलहर, कठ्याग्रिँदो जाडोले जनजीवन प्रभावित
पुष २२, २०८१ सोमबार