बैतडीमा भिरबाट लडेर एक किशोरीको मृत्यु
नेपालबहस संवाददाता
असोज १४, २०८० आइतबार ९:२०:१६
१४ असोज, बैतडी । बैतडीमा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका –१ गोरङकी अन्दाजी १८ बर्षिया सुमिता बिष्टको शनिबार भिरबाट लडेर मृत्यु भएको हो।
दिउँसो ५ बजे खर काट्ने क्रममा पिनेखोला भन्ने भिरबाट लडेर सुमिताको ज्यान गएको स्थानीयले बताएका छन्। भिरबाट लडेर घटनास्थलमै मृत्यु भएकी किशोरीको घटनास्थलबाट शव घर ल्याउने काम भइरहेको स्थानीय भादेब बिष्टले जानकारी दिएका छन् । उनी श्रीपन्चदेव माध्यमिक विद्यालय रिममा कक्षा १२ मा अध्ययनरत बिद्यार्थी थिइन् ।
बैतडीमा यति बेला हिउँदका समयमा बस्तुभाउलाई खुवाउन सुकाएर तयार गरिने घाँस अर्थात खर काट्ने काम सुरु भएको छ । विशेष गरी महिलाहरूलाई खर काटने चटारो भएको छ । प्रत्येक वर्ष असोज देखि कार्तिक महिना सम्म खर काट्ने गरिन्छ । वनपाखाँमा खर काट्ने क्रममा भीरबाट लडेर वर्षेनी कैयौँ महिलाको अकालमै ज्यान समेत जाने गरेको छ ।
वनपाखामा महिलाहरू नै बढि जसो घासँ काट्न जाने भएकाले उनीहरुको जीवन जोखिममा पर्ने गरेको छ । प्रत्येक वर्ष बैतडीमा खर काटने क्रममा भिरबाट खसेर एक दर्जन महिलाको अकालमै ज्यान जाने गरेको छ । कहिलेकाहीँ मात्रै घटना बारे प्रहरीलाई जानकारी दिने भएकाले प्रहरीको अभिलेखमा पनि कमै घटना दर्ता हुने गरेका छन् ।
ग्रामीण भेगमा बसोवास गर्नेहरुको मुख्य पेशा कृषि र पशुपालन हो । गाई वस्तुका लागी हिउँदमा खासै घास नहुने हुदा खर काटेर भण्डारण गर्ने गरिन्छ । वनपाखामा खर वा घासँ काट्ने क्रममा भीरबाट खसेर हुन सक्ने सम्भावित दुर्घटनाबाट बच्ने उपाय तथा चेतना अभावमा महिलाहरुको अकालमै ज्यान जाने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिटिजन्स बैंकद्वारा भुकम्पबाट क्षतिग्रस्त बझाङको विद्यालयलाई एक लाख सहयोग प्रदान
असार १२, २०८१ बुधबार
सुदूरपश्चिममा सरकारले सार्वजनिक नगर्दै बजेट पुस्तिका बाहिरियो, कांग्रेसले गर्यो विरोध
असार ११, २०८१ मंगलबार
महाकालीको कटान रोक्न कुतियाकबरमा जैविक तटबन्ध
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
ढल्केबर–इनरुवा प्रसारण लाइन सञ्चालन
असार १२, २०८१ बुधबार
देशका विभिन्न नदीमा पानीको बहाव बढ्दै, सतर्कता अपनाउन आग्रह
असार १२, २०८१ बुधबार
कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
असार १२, २०८१ बुधबार
पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु
असार १२, २०८१ बुधबार