वीरगंजमा ‘रात्रि बजार’ पुनः सुरु गर्ने महानगरको तयारी, घटस्थापनादेखि ५ दिनसम्म चल्ने
आबिद हुसेन
असोज १४, २०८० आइतबार १७:५९:५१
१४ असोज, वीरगञ्ज । वीरगंज महानगरपालिकाले ‘रात्रि बजार’ पुनः संचालन गर्ने तयारी गरेको छ । नेपालीहरुको महान पर्व दशैं नजिकिँदै गरेको र मौसमसमेत सुधार भएकाले गएको दुई महिनादेखि रोकिएको ‘रात्रि बजार’ पुनः संचालन गर्ने तयारी गरेको हो । महानगरले यस पटकको ‘रात्रि बजार’ ५ दिन लगाउने गरि तयारी गरिरहेको छ ।
दशैंको पहिलो दिन घटस्थापनाबाट सुरु गर्ने गरि मेला लगाउने तयारी गरेको महानगरका प्रमुख राजेशमान सिंहले जानकारी दिए ।उनले भने, ‘यही असोज २८ गते घटस्थापनाका दिनबाट पुरानो बसपार्कमा सुरु हुने मेला कात्तिक २ गतेसम्म ५ दिन चल्ने गरि लगाउने तयारी थालेका छौँ ।’
यस्तै महानगरले भारतबाट नेपाल प्रवेश गर्ने वीरगंजस्थित मुख्य नाका ५ दिनका लागि राति १२ बजेसम्म खुल्ला रहने जनाएको छ । रात्रि बजारमा पर्यटक भित्र्याउन वीरगंज नाका रातको १२ बजेसम्म खुल्ला रहने महानगर प्रमुख सिंहले बताए । नेपाल–भारत सीमा नाका राति १० देखि बिहान ५ बजेसम्म दुवैतर्फ बन्द हुने गर्दछ । तर बजार लाग्ने ५ दिन नाका अबेर राति १२ बजेसम्म खुल्ला राख्न महानगरले नेपाल र भारत दुवै देशका सीमावर्ती सुरक्षा निकायसँग सहमति लिइसकेको छ ।
महानगरभित्रको व्यापार व्यवसाय चलायमान बनाउन र पर्यटक भित्र्याउन महानगरले गएको बैशाख महिनादेखि रात्रि बजार लगाउन सुरु गरेको हो । यस पटकको ‘रात्रि बजार’ दशैंका बेला परेकाले आम सर्वसाधारणलाई सहज हुने गरि सहुलियत दरको पसल समेत संचालन गर्ने तयारी महानगरले गरेको छ । त्यसका लागि घरेलु तथा साना उद्योगसँग सहकार्य गरिएको छ ।
दशैं लक्षित रात्रि बजारमा खानाका विशेष परिकार, लत्ताकपडा, कस्मेटिक, भाडाँकुडा लगायतका सरसामानका स्टल सहित दैनिक उपभोग्य बस्तुहरु समेत राखिनेछ । महानगरले ‘रात्री बजार’ सञ्चालनका लागि विभिन्न संघ संस्थासँग समेत सहकार्य गरेको छ । घरेलु तथा साना उद्योग, ग्रीन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एनवाईईएफ, वीरगञ्ज साइकलिङ क्लब, ओमेन्स क्रिएसन र फोरजीआरसँगको समन्वयमा महानगरले दशैं लक्षित रात्रि बजार लगाउन लागेको हो ।
रात्रि बजारमा लगाइने स्टलहरु बुकिङ खुल्ला गरिएको पनि ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले बताए । आदर्शनगरस्थित पुरानो बसपार्कमा करिब १ सय स्टल लगाउने गरी तयारी गरिएको हो । प्रति स्टल २ हजार रुपैयाँ शुल्क राखिएको एनवाईईएफ वीरगंजका संस्थापक अध्यक्ष अनुप अग्रवालले जानकारी दिए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थप‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
उच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा
पुष २२, २०८१ सोमबार
यस्तो छ तरकारी र फलफूल आजको मूल्य
पुष २२, २०८१ सोमबार
एमाले केन्द्रीय समिति बैठक आज पनि, सदस्यहरूले बोल्ने क्रम जारी
पुष २२, २०८१ सोमबार
ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि
पुष २२, २०८१ सोमबार
पाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्दै गोरखा नगरपालिका
पुष २२, २०८१ सोमबार