विज्ञापन व्यवसायी पौडेलको ‘वेलकम आरोह अवरोह’ सार्वजनिक
नेपालबहस संवाददाता
असोज १६, २०८० मंगलबार ११:२:३३
१६ असोज, काठमाडौं । नेपालमा विज्ञापन क्षेत्रका जानकार एवं व्यवसायी निर्मलराज पौडेलको पुस्तक ‘वेलकम आरोह अवरोह’ सार्वजनिक भएको छ । आत्मकथामा आधारित सो पुस्तकमा उनका आफ्ना भोगाइका अतिरिक्त नेपालको सञ्चार क्षेत्रको अवस्था, विज्ञापन निर्माण र यसको बजारलगायतका विषय समेटिएको छ ।
घोस्ट राइटिङ नेपालले प्रकाशन गरेको पुस्तकमा लेखक पौडेलले ऊ बेलाको काठमाडौँ उपत्यकाको भौगोलिक तथा सामाजिक अवस्थाको पनि चित्रण गरेका छन् । साथै पुस्तकमा नेपालमा नेपालमा विगत लामो समयदेखिको आमसञ्चार क्षेत्रको अवस्था र चुनौतीका साथै विज्ञापन निर्माण र वितरणको विगतको अवस्था र अवधारणा प्रस्तुत गरिएको छ ।
विज्ञापन व्यवसायी एवं नेपाल विज्ञापन एजेन्सी व्यवसायी सङ्घको अध्यक्षसमेत रहेर काम गरिसकेका उनले पुस्तकमा व्यावसायिक जीवनका आरोह–अवरोह, विज्ञापनलाई समाजले हेर्ने दृष्टिकोण र विज्ञापन व्यवसायमा आफूले भोग्नुपरेका सफलता, असफताका कथाहरू पनि समेटिएको छ ।
लेखक पौडेलले विज्ञापन क्षेत्रमा नयाँपन ल्याउने आफ्नो प्रयाससँगै आफूले जाने भोगेका विषयवस्तुलाई सार्वजनिक गरी नेपालको सञ्चार तथा विज्ञापान क्षेत्रमा लागिरहेका र यस क्षेत्रमा लाग्ने आगामी पुस्ताले हासिल गर्नुपर्ने ज्ञानका कुरालाई पनि पुस्तकमा सकेसम्म समेटेको बताए ।
पुस्तकमा क्लिन फिडको अवधारणा, बाढीपीडितका लागि गरिएको पहिलो ‘एसएमएस क्याम्पियन’, भूकम्पका बेला विदेशमा रहेका नेपालीबाट एक डलर र स्वदेशमा रहेकाहरूबाट रु एक सय सङ्कलनको अवधारणा र यसले पुर्याएको सहयोगको प्रसङ्ग पनि राम्रोसँग उल्लेख गरिएको छ ।
यसैगरी तत्कालीन सञ्चारकर्मी (हाल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति) रवि लामिछानेसँगको सहकार्यमा टेलिभिजनमा भएको ‘म्याराथन टक सो’, ‘बुद्ध वाज बर्न इन नेपाल’ अभियानमा १० लाख जनाको हस्ताक्षर सङ्कलन अभियान र सो हस्ताक्षरलाई संयुक्त राष्ट्रसङ्घमा बुझाइएको प्रसङ्ग पनि पुस्तकमा समेटिएको छ ।
यस आत्मकथामा लेखक पौडेलले कलाकारितादेखि विज्ञापन व्यवसायसम्मको आफ्नो जीवनको यात्रालाई रोमाञ्चक ढङ्गले समेटिएको छ ।
उनले आफ्नो व्यवसायका सिलसिलामा करिब छ सयभन्दा बढी विज्ञापन निर्माण गरेका अनुभवको बयान गरी पछिल्लो समयमा आएर फेरिएको विज्ञापन शैलीका बारेमा पनि उल्लेख गरेका छन् । लेखक पौडेलले पुस्तकको पहिलो प्रति सोमबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएपछि पुस्तक सार्वजनिक गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेलबारीमा गोविन्द हुक्पा चोङबाङको ‘मायाको सृष्टि’ विमोचित
चैत २५, २०८० आइतबार
गीतकार खतिवडाको नयाँ कृति, हिन्दी गीतहरूको संग्रह “कैसा मन मस्ताना प्यारे"
चैत ८, २०८० बिहिबार
बाल चित्रपुस्तक ‘म उड्न सकेँ’ बजारमा
फागुन २८, २०८० सोमबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
बैशाख २२, २०८१ शनिबार
गण्डकीमा राप्रपाले मत नदिने, मुख्यमन्त्रीको पक्षमा ३० मत
बैशाख २३, २०८१ आइतबार
लागूऔषधसहित देशका विभिन्न स्थानबाट सात जना पक्राउ
बैशाख २३, २०८१ आइतबार
सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छः प्रधानमन्त्री
बैशाख २३, २०८१ आइतबार
ठेकी प्रयोगविहीन हुन थालेपछि जीविकोपार्जनमा समस्या
बैशाख २३, २०८१ आइतबार
कैलालीका थारु समुदायमा भजहरको रौनक
बैशाख २३, २०८१ आइतबार
रायोको साग बेचेर वार्षिक लाख आम्दानी
बैशाख २३, २०८१ आइतबार