११ किलो सुन तस्करीमा संलग्न भएको आशंकामा एक चिनियाँ नागरिकसहित तीन जना स्वयम्भुबाट पक्राउ
नेपालबहस संवाददाता
असोज १६, २०८० मंगलबार १३:१८:२०
१६ असोज, काठमाडौं । प्रहरीले दोलखा सुन प्रकरणमा एक चिनियाँ नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ ।दोलखामा बरामद ११ किलो सुन प्रकरणमा चिनियाँ नागरिकसहित थप ३ जनालाई मंगलबार स्वयम्भुबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चिनियाँ नागरिक साथी भनिने गेङ्रु, उनका सहयोगी सनत प्रधान र सुन किनबेचमा संलग्न लालबहादुर तामाङ रहेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो 'सीआईबी' का प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार पक्राउ गरिएका उनीहरुलाई आज जिल्ला प्रहरी कार्यालय, दोलखालाई बुझाउने छ । । यो गिरोहले दोलखाको नाकाबाट आलुको बोरामा लुकाएर सुन तस्करी गर्ने गरेको थियो ।
योसँगै यस प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १० पुगेको छ । यसअघि प्रहरीले सात जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा बिगु–१ घर भएका राज तामाङ, २८ वर्षीय केशर तामाङ, २० वर्षीय माधव मगर, १९ वर्षीय पेम्बा तामाङ, ५५ वर्षीय नुर्वु छिरीङ शेर्पा, ३० वर्षीया सुनमाला तामाङ र च्याङ्बा भन्ने चसमान तामाङ छन् । उनीहरूमाथि दोलखामा नै संगठित अपराध अन्तरगत मुद्दा चलिरहेको छ ।
यो महिना चार दिनको अन्तरालमा दोलखामा तस्करीको ११ किलो सुन बरामद भएको थियो । गत असोज ११ गते दोलखाको सिंगटीबाट ४ किलो सुन बरामद भएको थियो । त्यसको भोलिपल्ट थप ३ किलो सुन फेला परेको थियो । त्यसपछि असोज १४ गते लामाबगरमा थप ४ किलो सुन फेला परेको थियो ।
पछिल्लो समय त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा चेकजाँचमा कडाइ भएपछि तस्करले दोलखा नाकाबाट सुन तस्कर गर्दै आइरहेका छन् । यसरी आउने सुन बौद्ध, ठमेल लगायतका क्षेत्रमा बिक्री हुने गरेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्लाको आदेश सदर गर्दै उच्च अदालतले भन्यो, बेचन झालाई थुनामै राख्नु
पुष १, २०८१ सोमबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार
शर्मा भारत र तिम्सिना मलेसियाको राजदूतमा नियुक्त
पुष ३, २०८१ बुधबार
५ अंकले घटेर २६२८ मा बन्द भयो नेप्से, ४ अर्ब २७ करोडका शेयर किनबेच भए
पुष ३, २०८१ बुधबार
स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेसमा एमबीबीएस अध्यापन सुरु
पुष ३, २०८१ बुधबार