अमृत साइन्स क्याम्पसको आयोजनामा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन हुने
नेपालबहस संवाददाता
असोज १६, २०८० मंगलबार १९:४६:६
१६ असोज, काठमाडौं । असोज १७ गतेदेखि १९ गतेसम्म अमृत साइन्स क्याम्पसको आयोजनामा काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन वैज्ञानिक सम्मेलन हुने भएको छ । सम्मेलन इन्टरनेशनल कन्फ्रेन्स अन इलेक्ट्रोम्याग्नेटिक्स एण्ड एप्लिकेसन्स अफ सेमिकण्डक्टिङ्ग मेटिरियल आइसीएलइएएसएम को आयोजना हुन लागेको अन्तर्राष्ट्रिय स्तरका विषयविज्ञहरु अनुसन्धानकर्ताहरूका साथै राष्ट्रका विषयविज्ञहरू, अनुसन्धानकर्ताहरू र विभिन्न विश्वविद्यालयका विद्यार्थीहरू बीचमा हाल भइरहेकाे अनुसन्धान कार्यहरू एक आपसमा आदान प्रदान गराउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको क्याम्पसको भौतिक शास्त्र विभागका जनाएको छ ।
क्याम्पसले यसअघि पनि समय–समयमा विविध कार्यशाला गोष्ठी, सेमिनार, राष्ट्रिय सम्मेलन, साथै अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरी सम्पन्न गरिसकेको छ । अध्ययन अनुसन्धानको सिलसिलामा यस क्याम्पसको भौतिक शास्त्र विभाग अग्रणी रूपमा रहेको र यस विभागमा इन्टरनेशनल साइन्स प्रोग्राम आइएसपी स्वीडेनको उपासला विश्वविद्यालयको सहयोगमा एटमोस्पेरिक एण्ड मेटिरियल साइन्स रिचर्स सेन्टर एएमएसआसी सञ्चालनमा रहेको छ ।
एएमएसआसी र आइएसपीको सहयोग पश्चात् सम्मेलनमा कार्यशाला गोष्ठी, राष्ट्रिय सम्मेलन, विज्ञान प्रदर्शनी, तालिम गोष्ठीहरु सम्पन्न गरी विद्यालयदेखि विश्वविद्यालयसम्मका विद्यार्थीहरू र शिक्षकहरूमा अध्ययन अनुसन्धान गर्नु गराउनुका साथै एक आपसमा आदान प्रदान गराउन सफल रहेने अमृत साइन्स क्याम्पस भौतिक शाश्त विभाग अन्तर्गत एएमएसआसीका प्रमुख तथा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना मुल समारोह समितिका संयोजक श्रीराम शर्माले बताए ।
यसरी विज्ञान क्षेत्रमा सीमित स्रोत र साधनलाई पनि सदुपयोग गरी अध्ययन अनुसन्धान भएको विश्व सामु अमृत क्याम्पसको नामबाट राष्ट्रलाई पहिचान गराउन सकिन्छ भन्ने पनि सम्मेलनको लक्ष्य रहेको छ । भौतिक शास्त्रको यथेष्ट सदुपयोग गर्न र अनुसन्धानलाई अगाडि बढाउन सके देशको विकासमा ठूलो टेवा पुग्नुका साथै समग्र विज्ञान क्षेत्रको सदुपयोग विना राष्ट्रको विकास असम्भव छ भन्ने सम्मेलनको उद्देश्य रहेको छ ।
यस सम्मेलनमा अन्तर्राष्ट्रिय विषयविज्ञहरुबाट तीसओटा शोधपत्रहरु प्रस्तुतीकरण हुने र राष्ट्रिय विज्ञहरुबाट करीब चालीस ओटा शोधपत्रहरू प्रस्तुतीकरण हुनेछन् । यसका साथै अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरमा भएका १५ ओटा पोस्टरहरूको प्रस्तुतीकरण पनि समावेश भएका छन् ।
सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरि ५० भन्दाबढी वैज्ञानिकहरूको सहभागीता रहने छ । सम्मेलन हिमालयन होटेल, कोपुण्डोल, ललितपुरमा उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठको प्रमुख आतिथ्यमा उद्घाटन भई तीन दिनसम्म भौतिक उपस्थिति तथा अनलाइन दुबै हाइब्रीड मोडमा सञ्चालन हुनेछ । हाल अमृत क्याम्पसमा स्नातक, स्नातकोत्तर विद्यावारिधि तहसम्मको अध्ययन अध्यापन तथा अनुसन्धान कार्यहरु सञ्चालनमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लामा दुई विद्यार्थीलाई पढाउन तीन शिक्षक
जेठ १०, २०८१ बिहिबार
बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण
जेठ ४, २०८१ शुक्रबार
हुरीबतासले विद्यालयको छाना उडाएपछि पठनपाठनमा समस्या
जेठ ३, २०८१ बिहिबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
विनोद त्रिपाठी
जेठ ९, २०८१ बुधबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
केदार भट्टराई (काका)
जेठ १०, २०८१ बिहिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
जेठ ११, २०८१ शुक्रबार
पाक्वेटालाई स्पट फिक्सिङको आरोप, १० बर्षको प्रतिबन्ध लाग्न सक्ने
जेठ ११, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ११, २०८१ शुक्रबार
सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस
जेठ ११, २०८१ शुक्रबार
आगामी असार २ गते व्यास नगरप्रमुखको पुनःमतगणना हुने
जेठ ११, २०८१ शुक्रबार
इरानी चित्रकारको एकल चित्रकला प्रदर्शनी सुरू
जेठ ११, २०८१ शुक्रबार
सदनको गतिरोध हटाउने विषयमा शीर्ष नेताबीचको छलफल सकारात्मक
जेठ ११, २०८१ शुक्रबार
रफाहमा आक्रमण तुरुन्त रोक्न इजरायललाई संयुक्त राष्ट्र संघ अदालतको आदेश
जेठ ११, २०८१ शुक्रबार