भन्सार नाका रानीबाटै व्यापक तस्करी मौलायो, नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलेमतो
नेपालबहस संवाददाता
असोज १६, २०८० मंगलबार १९:५५:२८
१६ असोज, विराटनगर । लक्ष्य अनुसारको राजश्व नउठेर कर्मचारीलाई तलब खुवाउनै हम्मे हम्मे परेको सरकार कै रखवाला प्रहरीसँगको मिलेमतोमा तस्करहरूले भने दैनिक लाखौँको राजश्व छलि गर्ने गरेका छन् । सरुवा भएर सीमा प्रहरी कार्यालय आएको एक महिना पनि नपुग्दै नेपाल प्रहरीका इन्चार्जले तस्करी लाइन खोलेको आरोप छ ।
समाचार स्रोतले दिएको जानकारी अनुसार इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक सन्दीप बेल्बासे र सशस्त्र राजश्व गस्ती र बीओपीको मिलेमतोमा केही तस्करहरूलाई धमाधम लाइन बाँडेर तस्करी खोलिएको हो ।
दशैं लगायतका चाडपर्व आएको भन्दै तस्करहरूको समूहले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई प्रभावमा पारेर तस्करी लाइन खुला गरिएको दावी समाचार स्रोतको छ । माओवादीको कोटामा हालै रानी नाका सरुवा भएर गएका इन्स्पेक्टर बेल्बासेले आफू हाजिर भएको एक महिना पनि नपुग्दै तस्करलाई लाइन बाँडेर असुल्न थालेका हुन् ।
विगतमा सशस्त्र प्रहरीले सीमाबाट हुने तस्करी टाइट गरेकोमा हाल लुज गरिएको बताइएको छ । इन्स्पेक्टर बेल्बासेले सिभिलमा घुमुवा प्रहरी नराखेपनि क्यूआरटी (QRT) टोलीलाई परिचालन गरेर मुख्य नाका पुरानो रानी भन्सार, मटेरुवा, दरैया, फिरोजा र बुद्ध नगरबाट तस्करी हुने गरेको स्रोतको दावी छ ।
तस्करहरू सुरेश र सवनमले बुद्धनगर नाकाबाट लत्ताकपडा लगायतको तस्करी धन्दा संचालन गर्ने गरेका छन् भने सिता चौधरीले तरकारी, आलुप्याज लगायतको लाइन पाएको बताइएको छ । अर्का तस्कर अकबर तथा ओमले पनि सर्टिङ सुटिङ कपडाको कारोवार दरैया रानी र मटेरुवा नाकाबाट गर्ने गरेका छन् । त्यस्तै कमलेश चौधरी तथा मोनिका ग्रुपले दरैया पोष्टबाट कपडा, काजु किसमिस लगायतको कारोबार भन्सार छलि गरी गर्ने गरेको बताइएको छ ।
तस्करहरूले पिकअप गाडी, रिक्सा तथा साइकलबाट दैनिक लाखौंको राजश्व छलेर करोडौंका सामान वारपार गर्ने गरेको समाचार स्रोतको भनाई छ । त्यस्तै खाद्यान्नको पनि अवैध कारोबार यो नाकाबाट निर्वाध ढंगले चलेको छ ।
प्रहरीले होटलहरूबाट पनि महिनावारी रकम असुलने गरेको आरोप लागेको छ । यो नाकाबाट ठूलो मात्रामा सुपारी, छोकडा, मरिच, नेपाली रक्सी तथा चाइनीज स्याउ पनि भारततर्फ चोरी पैठारी हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
मध्यान्ह १२ बजेसम्ममा ३८ प्रतिशत मत खस्योः आयोग
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
नासाले बनायो विशेष रोबोट, वृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
मंसिर १६, २०८१ आइतबार
विश्व एड्स दिवसमा चेतनामूलक पदयात्रा
मंसिर १६, २०८१ आइतबार
पुष्पा-२ ले पहिलो दिन नै २०० करोड कमाउने प्रक्षेपण, १२ हजार स्क्रिनमा देखिने
मंसिर १६, २०८१ आइतबार