सभामुख घिमिरे र अष्ट्रेलियाका सभामुख डिकबीच भेटवार्ता
नेपालबहस संवाददाता
असोज १७, २०८० बुधबार १६:११:२३
१७ साउन, काठमाडौं । सभामुख देवराज घिमिरेसँग अष्ट्रेलियाका सभामुख मिल्टन डिकले शिष्टाचार भेट गरेका छन् । बुधबार सिंहदरवारस्थित सभामुख कार्यकक्षमा भएको भेटघाटमा संसदीय अनुभव आदान प्रदान, द्विपक्षीय सम्बन्ध विस्तार लगायतका विषयमा छलफल भएको छ ।
नेपाल र अष्ट्रेलिया दुवै स्वतन्त्र, खुला र विविधतायुक्त समाज भएका लोकतान्त्रिक मुलुक भएको उल्लेख गर्दै सभामुख घिमिरेले लोकतान्त्रिक पद्धति, मूल्य–मान्यता र संस्थालाई थप सुदृढ बनाउन अनुभव आदान–प्रदान गर्नुपर्नेमा जोड दिए । उनले उच्चस्तरीय भ्रमणले नेपाल र अष्ट्रेलियाबीच विद्यमान मित्रवत् सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।
अष्ट्रेलियामा संसदीय मैत्री समूह पुनर्स्थापना भएकोमा खुसी व्यक्त गर्दै सभामुख घिमिरेले नेपालमा भर्खरै गठन भएको नेपाल–अष्ट्रेलिया मैत्री समूहले दुई देशका संसदबीचको सम्बन्धलाई थप गतिशील बनाउन विश्वास व्यक्त गरे ।
उनले युवा राजनीतिज्ञहरूको भ्रमण आदान–प्रदानले दुई देशबीचको राजनीतिक तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने उल्लेख गरे ।
सभामुख घिमिरेले दुई देशबीच व्यापार तथा लगानी फ्रेमवर्क सम्झौतामा यथाशीघ्र हस्ताक्षर हुन सके दुई देशबीचको व्यापार तथा लगानीले थप गति लिने विश्वास व्यक्त गरे ।
उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुका लागि अष्ट्रेलीया महत्वपूर्ण गन्तव्य रहेको बताउँदै सभामुख घिमिरेले नेपाली विद्यार्थीहरूका लागि थप छात्रवृत्ति तथा अध्ययनपछि स्वदेशमै फर्कन प्रेरित गर्न आग्रह गरे ।
अष्ट्रेलियाका सभामुख डिकले दुई मुलुकबीच जनस्तरमा सम्बन्ध विकास गर्नुपर्नेमा जोड दिँदै आफ्नो मुलुक नेपालसँग विकास साझेदारी र जलवायु परिवर्तनविरुद्धको अभियानमा साथमै रहने बताए ।
सभामुख डिकले नेपालमा पनि अष्ट्रेलिया हेर्ने गरी संसदीय मैत्री समूह गठन भएकोमा स्वागत गर्दै कानुन निर्माण, बजेट लगायतका नीतिगत विषयमा छलफल हुने विश्वास व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान
भदौ ३१, २०८१ सोमबार
गृहमन्त्री लेखकसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट
भदौ ३१, २०८१ सोमबार
लगानी फिर्ताका लागि सार्थक पहल गर्नुस् : उपप्रधानमन्त्री पौडेल
भदौ ३१, २०८१ सोमबार
सहकारी ठगी प्रकरणः रवि लामिछानेलाई दोषी किटान गर्दै प्रतिवेदन बुझाइँदै
भदौ ३१, २०८१ सोमबार
ट्रम्पमाथि फेरी हमलाको प्रयास
भदौ ३१, २०८१ सोमबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
भदौ ३१, २०८१ सोमबार
भारतको सहयोगमा निर्मित महेन्द्र शान्ति माध्यमिक विद्यालय भवनको उद्घाटन
भदौ ३१, २०८१ सोमबार
कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीले दिइन् पदबाट राजीनामा
भदौ ३१, २०८१ सोमबार
सातौं बेलबारी अन्तराष्ट्रिय गोल्डकप हुँदै
भदौ ३१, २०८१ सोमबार
कास्की प्रहरीद्वारा ८६ जना फरार प्रतिवादी पक्राउ
भदौ ३१, २०८१ सोमबार
तथ्यहीन प्रचारबाजी नगर्न युट्युबरलाई काउन्सिलको दिर्नेशन
भदौ ३१, २०८१ सोमबार
कोशी प्रदेश सरकारले संविधान दिवस–२०८१ तीन दिन मनाउने
भदौ ३१, २०८१ सोमबार