निर्माण व्यवसायीको भुक्तानी छिटो दिन संसदीय समितिको निर्देशन, भौतिक मन्त्रालयले मात्र ४ अर्ब दिन बाँकी
नेपालबहस संवाददाता
असोज १७, २०८० बुधबार १७:५७:४५
१७ असोज, काठमाडौं । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले निर्माण व्यवसायीहरूले काम गरेवापत पाउनुपर्ने बक्यौता रकमको भुक्तानी गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत यस्तो रकम दिन निर्देशन दिइएको छ ।
बुधबार सिंहदरबारमा आयोजित समितिको बैठकमा सांसदहरुले निर्माण व्यवसायीको भुक्तानी रोकिएको सम्बन्धमा ढिलाई हुनुको कारणसहित प्रश्न उठाएपछि समितिले छिटो भुक्तानी दिन निर्देशन दिएको हो ।
त्यस्तै ठेक्का सम्झौता अनुसार तोकिएको समय र गुणस्तर अनुसार काम गर्ने वातावरण मिलाउन पनि समितिले निर्देशन दिएको छ । समितिमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले निर्माण व्यवसायीले काम गरेको रकम विशेष व्यवस्थापन गरेर भएपनि भुक्तानी गर्ने टुंगोमा पुगेको बताए ।
उनका अनुसार अन्य मन्त्रालयको ३ र भौतिक मन्त्रालयको मात्र ४ अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी छ । काम गरेको रकमको भुक्तानी नपाएपछि नेपाल निर्माण व्यवसायी महासंघको अगुवाईमा व्यवसायीहरु आन्दोलित बनेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार
कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
दोधारा चाँदनी नगरपालिकामा सुक्खा बन्दरहगाह बनाउन रूख कटानको सम्झौता
पुष २४, २०८१ बुधबार
अपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
१० लाख धरौटीमा रिहा भइन् लेखा समिति सभापतिकी श्रीमती अञ्जला कोइराला
पुष २४, २०८१ बुधबार
नेपाल नबन्नुको कारण
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार
बागमती सफाइ अभियानमा काठमाडौं महानगरका वडाले सघाउने
पुष २४, २०८१ बुधबार