एमसीसी परियोजना नेपाल र अमेरिकाबीच आर्थिक साझेदारीको प्रतिबिम्ब होः प्रधानमन्त्री प्रचण्ड
नेपालबहस संवाददाता
असोज १७, २०८० बुधबार २१:४५:१५
१७ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमसीसी परियोजना कार्यान्वयनको दिशामा अगाडि बढेको बताएका छन् । उनले यो आयोजना नेपालले प्राथमिकता दिएको परियोजनाभित्र परेको बताएका छन् । एमसीए नेपालले बुधबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यो परियोजनाले नेपालको अर्थतन्त्रमा ठूलो योगदान गर्ने बताए ।
परियोजनामार्फत सडक र ऊर्जा सम्बन्धी पूर्वाधार बन्ने भन्दै उनले प्रसारण लाइनबाट गुणस्तरीय ऊर्जा उपलब्ध गराउन सम्भव हुने बताए । विद्युत निर्यातमा सघाउ पुग्ने भन्दै उनले नेपाल सन् २०२६ देखि विकासशील मुलुकमा स्तरोन्नति हुने क्रममा रहेको र सन् २०३० मा मध्यम आय भएको मुलुकमा स्तरोन्नतिको चरणमा रहेको बताए ।
एमसीसी सम्झौता भएको ३० अगस्टको दिन नेपाल–अमेरिका सम्बन्धको महत्वपूर्ण मिति भएको भन्दै प्रचण्डले यो परियोजना नेपाल र अमेरिकाको बढ्दो आर्थिक साझेदारीको प्रतिबिम्ब भएको बताए । कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले एससीसी परियोजना नेपालका लागि महत्वपूर्ण रहेको बताए । यसमा एमसीसीको बाहेक नेपालले १९ करोड ७० लाख अमेरिकी डलर आफ्नो स्रोतबाट लगानी गर्ने भएकाले यो नेपालका लागि महत्वपूर्ण रहेको बताए ।
आयोजना समयमै सम्पन्न गर्न पूर्ण क्षमताले काम गर्ने भन्दै उनले ठेक्का प्रक्रियामा आएको बढी मूल्यलाई एमसीए नेपालले समाधान गर्ने समेत बताए । एमसीसीकी प्रमुख कार्यकारी अधिकृत (सीइओ) एलिस पिटर्सन अलब्राइटले यस बीचमा आफूले सरोकारवाला सबैसँग भेट र छलफल गरेको र त्यसबाट सबैको बलियो प्रतिवद्धता प्राप्त गरेको बताइन् ।
नेपालले प्राथमिकता प्राप्त क्षेत्रमा लगानी भएको भन्दै उनले यसबाट २ करोड २० नेपाली जनता लाभान्वित हुने समेत बताइन् । परियोजना ७५ वर्षको सम्बन्धको कोशढुंगा भएको उनको दाबी छ । कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले नेपालको समृद्धिको आफ्नै किसिमको यात्रामा सहयोग गर्नु अमेरिकाका लागि खुसीको कुरा भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
जसपा नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा
पुष २४, २०८१ बुधबार
बैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
जसपा नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा
पुष २४, २०८१ बुधबार
कठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय एक साताका लागि बन्द
पुष २४, २०८१ बुधबार
लायन्सले वितरण गर्यो बेथानका बाढीपीडितलाई जस्ता
पुष २४, २०८१ बुधबार
बाक्लो हुस्सुका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
पुष २४, २०८१ बुधबार