बिहीबार बिहानदेखि नेपालगञ्जमा निषेधाज्ञा खुकुलो, समूहमा हिँड्न नपाइने
नेपालबहस संवाददाता
असोज १८, २०८० बिहिबार १०:५३:२०
१८ असोज, नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा खुकुलो बनाइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम आज बिहान ८ बजेदेखि राति ८ बजेसम्मका लागि निषेधाज्ञा हटाइएको जानकारी दिए ।
उपमहानगर क्षेत्रभित्र मंगलबारदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी भएकोमा राति ८ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म पूर्व वत्रुपमा उपमहानगर क्षेत्रभित्र पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाकाको चार किल्लामा निषेधाज्ञा आदेश जारी भएको जिल्ला प्रशासन कार्यालय, बाँकेले जनाएको छ ।
स्थानीय प्रशासन ऐनको दफा ३ (क) बमोजिम चार किल्लाभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक, प्रदर्शन, प्रचारप्रसार सामग्री टास्न वा लेख्न नपाइने र हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ ।
जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न सार्वजनिक सम्पत्तिको संरक्षण, सामाजिक सद्भाव कायम गर्न एवं मानवअधिकारको सम्मान गर्न अनुरोध गर्दै स्थानीय प्रशासनले सार्वजनिक स्थानमा होहल्ला गर्नेजस्ता अवाञ्छित क्रियाकलाप तथा कुनै पनि व्यक्तिको निजी जीवनमा असर पार्ने खालका कार्य नगर्न र नगराउन अपिलसमेत गरेको छ ।
हिजो मात्रै जिल्ला प्रशासन कार्यालय, बाँकेमा बसेको सर्वपक्षीय बैठकले निषेधाज्ञा खुकुलो बनाउन जिल्ला सुरक्षा समितिमा सिफारिस गर्दै सामाजिक सद्भाव कायम राख्न र सद्भाव भड्किन नदिने प्रतिबद्धता व्यक्त गरेको थियो ।
सो बैठकले सबै क्षेत्रको उल्लेख्य सहभागिता हुने गरी सद्भाव र्याली आयोजना गर्ने समेत निर्णय गरेको थियो । सामाजिक सञ्जालमा आएको विषयलाई लिएर हिन्दू र मुस्लिम समुदायबीचको सद्भाव भड्किँदा त्यसले उग्ररुप लिँदा नेपालगञ्ज तनावग्रस्त बनेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
बेनीमा आजदेखि आठौँ म्याग्दी महोत्सव सुरु
पुष २८, २०८१ आइतबार
सवारी दुर्घटनामा तीन जनाको मृत्यु, चालक प्रहरी नियन्त्रणमा
पुष २८, २०८१ आइतबार
पाकिस्तानमा २ करोड २० लाखभन्दा बढी बालबालिका विद्यालयबाट बाहिर
पुष २८, २०८१ आइतबार
भरुवा बन्दुकसहित ६ जना जना पक्राउ
पुष २८, २०८१ आइतबार
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक सपूत
पुष २८, २०८१ आइतबार
लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
पुष २८, २०८१ आइतबार