नेपालगञ्जमा पुनः विवाद बढे पछि लाग्यो कर्फ्यु
नेपालबहस संवाददाता
असोज १९, २०८० शुक्रबार ८:५३:४७
१९ असोज, बाँके । नेपालगञ्जमा फेरि कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै आज फेरी अचानक कर्फ्यु लगाइएको जानकारी दिएको हो । सो कर्फ्यु बिहान ६ बजे देखी सुरू भएर साँझ ८ बजेसम्म जारी रहने प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जारी गरेको सूचनामा भनिएको छ ।
उनका अनुसार नेपालगन्ज उपमहानगर पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाकाका चार किल्लाभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चाजस्ता प्रचार सामग्री टाँस्न वा लेख नपाइने गरी तथा हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस जम्मा हुन नपाउने उल्लेख छ ।
केही समय देखी नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायका बीचमा असमझदारी बढे पछि स्थिति नियन्त्रण लिनका लागि सेना परिचालन देखी कर्फ्युसमेत लगाईएको थियो । अबस्था सामान्य भएको भन्दै हिजो बिहान ८ बजेबाट राति ८ बजेसम्म १२ घण्टाका लागि कर्फ्यु हटाएको थियो तर पुनः विवाद बढे पछि नेपालगञ्जमा अहिले कर्फ्यु लगाइएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्छ’
पुष १९, २०८१ शुक्रबार
मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउन सचेतना अभियान
पुष १९, २०८१ शुक्रबार
लुम्बिनी प्रदेश निजामती सेवा ऐन पुनः पारित
पुष १७, २०८१ बुधबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
अदालतको अपहेलनासम्बन्धी मुद्दामा बार अध्यक्ष घिमिरेको विवादित अडिओ झिकाउन आदेश
पुष २३, २०८१ मंगलबार
के तपाईलाई अत्यधिक रिस उठ्छ ? त्यसो भए यी कुरा जान्नुहोस्
पुष २३, २०८१ मंगलबार
एमाले केन्द्रीय समिति बैठक सुरू
पुष २३, २०८१ मंगलबार
कुखुरा फार्ममा आगलागी हुँदा धनमाल जलेर नष्ट
पुष २३, २०८१ मंगलबार
विश्वकै शक्तिशाली भवन हिम आँधीको चपेटामा [ फोटो फिचर ]
पुष २३, २०८१ मंगलबार
फिल्म 'गेम चेन्जर'को प्रि-रिलिजमा रामचरणका दुई फ्यानको मृत्यु
पुष २३, २०८१ मंगलबार