कर्णालीको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र अलपत्र
नेपालबहस संवाददाता
असोज २०, २०८० शनिबार १०:३५:२०
हेमन्त केसी
२० असोज, सुर्खेत । निर्माण व्यावसायीले तोकिएको समयमा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको भवन निर्माण नगर्दा कर्णाली प्रदेशका औषधि स्टोर दुइ ठाउँमा हुँदै आएको छ । लुम्बिनी प्रदेशको नेपालगन्ज र सुर्खेतमा भाडा लिएका घरमा भण्डार हुँदै आएको हो ।
सम्झौता अनुसार २०७९ चैतमा निर्माण सम्पन्न हुनुपर्ने भवन अझै पुरा नहुँदा समस्या आएको छ । एक पटक थपिएको म्याद समेत पुरा हुँनै लाग्ने निर्माण व्यावसायीले दोस्रो पटक म्याद थपका लागि निवेदन दिएको बताएका छन् । जगदम्बा शिवालय सुपर स्टार निर्माण कम्पनीले २०७८ असोज २४ गते भवन निर्माणको जिम्मा पाएको थियो ।
१० जिल्लाको औषधि आपूर्ती गर्नका लागि निर्माण थालिएको भवन समय मै निर्माण नहुँदा हैरानी भएर भाडाको घरमा औषधि राख्दै आएको केन्द्रले बताएको छ । १ वर्ष देखि औषधि भण्डारणको काम निजी घरमा हुँदै आएको छ । मासिक ४० हजार भाडा तिरेर आपूर्ति केन्द्र सञ्चालन भइरहेको प्रदेश औषधी आपूर्ति केन्द्रका प्रमुख डा. शक्तिप्रसाद सुवेदीले बताए । भवन नभएकै कारण आपूर्ति केन्द्रको औषधी नेपालगन्जमा स्टोर गर्ने गरिएको हो। भाडाको घर भएकाले आवश्यक उपकरण र औषधी भण्डारण गर्न समस्या हुने गरेको छ।
उनले भने, “गत वर्ष नै भवन हस्तान्तरण हुनुपर्ने हो । निर्माण व्यवसायीको ढिलाइले गर्दा अझै काम सकिएको छैन। औषधी भण्डारका लागि ठाउँ नहुँदा जिल्लाबाट माग भएका र तत्काल जिल्लामा पठाउनु पर्ने औषधी मात्र केन्द्रमा ल्याउने गरिएको छ ।” प्रदेश सरकारले ४१ प्रकारका औषधी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत खरिद गर्दै आएको छ। केन्द्रले खोप तथा खोप लगाउन प्रयोग गरिने अन्य सामग्री प्रदेशका दस वटै जिल्ला स्वास्थ्य सेवा कार्यालयलाई उपलब्ध गराउँदै आएको छ । भवन नहुँदा औषधी भण्डारण गर्न समस्या हुने गरेको छ ।
पहिलो पटक थपिएको म्याद अनुसार एक महिना बाँकी रहेको छ तर काम गर्न धेरै बाँकी रहेको बताइन्छ । निर्माण व्यवसायी तारा शाहीले भवन निर्माणका लागि म्याद थप गर्न संघीय आयोजना तथा कार्यान्वयन एकाइमा निवेदन पेस गरिएको बताइन । उनका अनुसार सामान ढुवानी बाहिरी जिल्लाबाट गर्नुपर्दा समस्या भएको छ । कोरोना महामारी, स्थानीय निर्वाचन, मूल्य वृद्धि, निर्माण सामग्रीको उपलब्धता नहुनुलगायतका कारण समयमा नै काम गर्न नसकिएको बताइन्छ ।
वर्षाले समेत काममा असर पारेको दाबी आयोजनाको छ । सकेसम्म तोकिएकै मितिमा काम सम्पन्न गर्ने गरी लागि परेको र बढीमा पाँच महिना म्याद थपका लागि निवेदन पेस गरिएको बताइन्छ । भवन निर्माणको ८० प्रतिशत काम सकिएको दाबी आयोजनाको छ । सङ्घीय आयोजना तथा कार्यान्वयन एकाइ सुर्खेतले समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको छ ।
कार्यालयका इन्जिनियर गोकर्ण थापाले म्याद थप गर्नुभन्दा समय मै काम सम्पन्न गर्न ताकिता गरिरहेको बताए । उनका अनुसार अहिले तीव्र गतिमा काम भइरहेको छ । थापाले २०८० असोजसम्म भवन निर्माणको सम्झौता रहेको जानकारी दिए ।
सुर्खेतबाट कर्णालीका जिल्लामा हवाई सेवा नहुने हुँदा चार जिल्लाको लागि भन्दै नेपालगन्जमा औषधिको स्टोरसँगै ढुवानी कार्य हुँदै आएको छ । डोल्पा , हुम्ला , मुगु र जुम्लाको लागि नेपालगन्जमा रहेको स्टोरबाट ढुवानी हुँदै आएको छ । सडकको पहुँच कम्जोर भएका यि जिल्लामा हवाई मार्गबाट औषधि ढुवानी हुँदै आएको प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रका प्रमुख डा. शक्ति प्रसाद सुवेदीले बताए । सुर्खेतमा स्टोर गर्ने ठाउँ नहुँदा अधिकांश सामग्रीहरु नेपालगन्ज स्टोर गरेर राख्नुपर्ने बाध्यता रहेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णाली प्रदेशः मन्त्री शाहद्वारा सपथ ग्रहण
जेठ ९, २०८१ बुधबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार
रुडु बन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
बुद्ध जयन्तीको अवसरमा भारतीय राजदूतावासद्धारा विविध कार्यक्रम आयोजना
जेठ ९, २०८१ बुधबार
सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौं : प्रधानमन्त्री
जेठ ९, २०८१ बुधबार
घोडाघोडीमा चरा उत्सव तथा तस्बिर प्रदर्शनी
जेठ ९, २०८१ बुधबार
गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार