सेनाको भावी कमाण्ड को हो ? दुई जर्नेल बिदा बस्दै
नेपालबहस संवाददाता
असोज २१, २०८० आइतबार १२:९:५६
२१ असोज, काठमाडौं । प्रधानसेनापति प्रभु राम शर्मा बेलायतको औपचारिक भ्रमणमा जाँदै गर्दा भावी प्रधानसेनापति को हुने भन्ने अन्योल उत्पन्न भएको छ । प्रधानसेनापति भएपछि भारत र अमेरिकाको औपचारिक भ्रमण गरिसकेका उनी बेलायतको ६ दिने भ्रमण सकेर नेपाल फर्केपछि उत्तरी छिमेकी चीनको औपचारिक भ्रमणको तयारीमा रहँदा सेनामा उनीपछि को प्रधानसेनापति हुने भन्ने अन्योल उत्पन्न भएको हो ।
‘उहाँ जानु अघि नै भावी सेनापति तय गर्नुपर्ने थियो तर यस्तो गर्नु भएन, उहाँ जाँदा सेनामा देखिएको भावी प्रधानसेनापति अन्योल कायम छ’, नेपाली सेनाका एक अधिकारीले भने । उनका अनुसार प्रधानसेनापति शर्मा ०८१ भदौमा अवकाश हुँदैछन् । उनीपछि रहेका सरोज प्रताप राणा पनि १ वर्षे म्याद थप्नै नपाई अर्को हप्तादेखि बिदामा बस्दैछन् । राणापछिका सीताराम खड्का समेत छिट्टै घर जान लागेकाले तारा ध्वज पाण्डे र अशोक सिग्देलबीच प्रतिस्पर्धा हुँदैछ । राणा विदामा बसेको या अवकाश भएको १३ दिनभित्र यसबारे निर्णय भएन भने मेजर जर्नेलमै तारा ध्वज पनि घर जाने अवस्था भएकाले भावी प्रधानसेनापतिबारे अन्योल सिर्जना भएको हो ।
प्रधानसेनापति शर्मा बेलायतका प्रधानसेनापति जनरल सर प्याट्रिक सान्ड्रेसको निमन्त्रणामा बेलायत भ्रमणमा निस्कन लागेका हुन् । नेपाल र बेलायतको सेना बीचको सम्बन्ध निकै पुरानो र बलियो रहेको छ । नेपालीहरू बेलायती सेनामा रहेका र उनीहरूले भीभीआईपीहरुकै सुरक्षामा समेत भूमिका निभाउने हुनाले पनि नेपाली प्रति बेलायती बुझाई सकारात्मक र सेनामा पनि त्यो प्रभाव देखिने गरेको छ ।
आठ वर्ष अघि भुकम्पको समयमा बेलायती सेनाले आफ्नो चिनुक हेलिकोप्टर नेपाल ल्याएर उद्धार कार्यमा लाग्न खोज्दा नेपालले सहमति नदिएपछि सम्बन्धमा केही चिसोपन आएको थियो । अहिले सम्बन्ध राम्रो रहिसकेकाले पनि यो भ्रमणले सुधार हुने नेपाली सेनाले विश्वास लिएको छ । उनी २६ असोजमा फर्किने छन् । सेना प्रमुखको रुपमा दुई वर्ष पुरा गरिसकेका शर्माले अब हुने नेपाली सेनाको प्रमुखको लाइन पनि स्पष्ट पार्न पर्नेछ बताइए पनि चीन भ्रमणको तयारी भएकाले ढिलाई हुने देखिएको छ ।
अघिल्ला सेनापति पूर्णचन्द्र थापाले दुई वर्षे कार्यकाल पुरा गरेकै दिनमा दिएको भाषणमा नै को प्रमुख हुने अन्यौलता आफूले चिरेका थिए । त्यतिबेला नै शर्मा आगामी सेनापति भन्ने स्पष्ट भइसकेको थियो । यद्यपि जाने बेलामा समय थप्ने लगायतका विषयमा भएको छलफल र तयारी विना कमाण्ड प्रणालीमा लैजाने निर्णयले थापा विवादित बने । शर्माले पनि अब्बल व्यक्तिलाई भावी प्रधानसेनापतिको स्पष्ट संकेत दिएर अघि बढाएकै भएपनि बाहिर सार्वजनिक गरिएको छैन । ‘उहाँको मनमा भएर हुँदैन सेनाभित्र र बाहिर यो विषयमा चासो हुन्छ, त्यसकारण समयमै प्रष्ट पार्नुपर्छ’, स्रोतले भन्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली सेनाले माग्यो ३१९ जना कर्मचारी
बैशाख १४, २०८१ शुक्रबार
सेनाको हिमाल सफाइ टोली आज नाम्चेबाट सगरमाथा तर्फ प्रस्थान
बैशाख ५, २०८१ बुधबार
सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
बैशाख ३, २०८१ सोमबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
तीन करोड मानिसको स्वास्थ्यमाथि खेलबाड गर्ने चौधरी समूहलाई २ लाखमा उन्मुक्ति
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बैशाख १६, २०८१ आइतबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
बझाङमा एमालेका भण्डारी लाई ६७७ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
रिग्मो गाउँ
बैशाख १६, २०८१ आइतबार
मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा
बैशाख १६, २०८१ आइतबार
आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना
बैशाख १६, २०८१ आइतबार
बझाङ अपडेट: एमालेका भण्डारी ६०८ मतले अगाडि
बैशाख १६, २०८१ आइतबार
इलाम-२ मा सुहाङलाई १००१ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार