राष्ट्र बैंकले धितो कर्जाको सीमा बढाएर बढेन कारोबार, साढे ५ महिनापछि फेरि १८ सय विन्दुमै झर्यो नेप्से
नेपालबहस संवाददाता
असोज २३, २०८० मंगलबार १६:१९:२२
२३ असोज, कठमाडौं । चार महिनापछि शेयरबजार पुनः १८ सयको विन्दुमा झरेको छ । साताको कारोबार दिन मंगलबार नेप्से परिसूचक १९.६ अंकले घटेर एक हजार ८ सय ८९.५९ विन्दुमा आइपुगेको हो । साढे ५ महिनापछि १९०० विन्दुमुनि झरेको हो ।
नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको शेयर धितो कर्जाको सीमा बढाएपछि लगातार तेस्रो कारोबार दिन पनि शेयरबजारमा सुधार आउन सकेन । गत बिहीबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै मार्जिन प्रकृतिको शेयर धितो कर्जामा १२ करोडको सीमालाई बढाएर व्यक्तिगतमा १५ करोड र संस्थागतमा २० करोड बनाएको थियो ।
राष्ट्र बैंकले उक्त सीमा बढाएपनि शेयर लगानीकर्तामा सकारात्मक प्रभाव नपरेको देखिएको छ । मंगलबार बजार परिसूचक नेप्सेमा १९.०६ अंकको गिरावट हुँदा १८८९.५९ को विन्दुमा झरेको छ । नेप्से साढे ५ महिनापछि १९०० को विन्दुबाट तल भरेर बन्द भएको हो ।
यसअघि ८ जेठ २०८० मा नेप्से १८९१.३१ को विन्दुमा बन्द भएको थियो भने ७ जेठमा १८८३.२० को विन्दुमा बन्द भएको थियो । राष्ट्र बैंकले १२ करोडको सीमा बढाउनुअघि गत बिहीबार नेप्से १९५६.९२ को विन्दुमा बन्द भएको थियो । बिहीबार साँझ १२ करोडको सीमा हटाएपछि आइतबार नेप्से ३५.६७ अंकले गिरावट हुँदा सोमबार १२.५८ अंकले गिरावट भएको थियो ।
मंगलबार नेप्सेसँगै सबै उपसूचकमा गिरावट आएको छ । हाइड्रोपावर उपसूचक सर्वाधिक १.७९ प्रतिशतले गिरावट हुँदा निर्जीवन बीमा उपसूचक १.६९ प्रतिशतले गिरावट भएको छ । यस्तै होटल तथा पर्यटन उपसूचक पनि १.५८ प्रतिशतले गिरावट भएको छ ।
यसअघि १८ जेठमा गतेसम्म नेप्से सूचक एक हजार ८ सय ६६.३४ विन्दुमा रहेको थियो । लामो समयदेखि लगानीकर्ताहरूले शेयर धितोकर्जामा लगाउँदै आएको सीमा हटाउनुपर्ने माग राख्दै आएका थिए । तर, राष्ट्र बैंकले सीमा कर्जा बढाउँदा पनि बजार निरन्तर घटेको छ । सीमा कर्जा बढाउँदा पनि बजारमा सुधार नआउँदा लगानीकर्ता निराश बन्न पुगेका छन् । सीमा कर्जा बढाएपछि मात्रै बजार ६७.३१ अंकले घटिसकेको छ ।
कारोबारमा आएका १३ वटै समूहको सूचक घटेको छ । सर्वाधिक घट्नेमा जलविद्युत् समूहको १.७९ प्रतिशतले घटेको छ भने निर्जीवन बिमा समूह, होटेल तथा पर्यटन समूह, फाइनान्स समूह र विकास बैंक समूहको सूचक एक प्रतिशतभन्दा बढीले घटेका छन् । बहारी हाइड्रोपावर कम्पनी र रवा इनर्जी डेभलपमेन्ट कम्पनीले ५.४८ प्रतिशतदेखि ७.६४ प्रतिशतसम्मले घटेको छ ।
त्यस्तै, घटेको बजारमा पनि अपर लोहोरे खोला हाइड्रोपावर कम्पनीको ५.८६ प्रतिशतले बढेको छ भने इन्फिटी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ४.१९ प्रतिशतले बढेको छ । यस दिन ४२ लाख ८७ हजार कित्ता शेयर किनबेच हुँदा एक अर्ब २८ करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ ।
सर्वाधिक शेयर किनबेच सानिमा जेआइसी इन्स्योरेन्सको २० करोड ३७ लाख रुपैयाँको कारोबार भएको छ भने दोस्रो ठूलो कारोबार नबिल बैंकको तीन करोड ४४ लाख रुपैयाँको भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजनीतिमा जस्तै शेयर बजारमा पनि उतारचढाव
फागुन २५, २०८० शुक्रबार
तीन पटक सर्किट ब्रेक लागेर आजको कारोबार बन्द
मंसिर २४, २०८० आइतबार
तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयर कारोबार स्थगन
मंसिर १८, २०८० सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
महाकाली नदीको टापुमा १४ वटा ट्र्याक्टरसहित थुनिए २७ जना भन्दा बढी मजदुर
बैशाख २६, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा पार्किङमा राखिएका विमानहरु
बैशाख २६, २०८१ बुधबार
यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा ...
बैशाख २६, २०८१ बुधबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
१० महिनामा चितवन राष्ट्रिय निकुञ्जबाट ६ वटा बाघ मृतवस्थामा भेटिए
बैशाख २६, २०८१ बुधबार
अछाम र बाजुरामा विद्युत सेवा बन्द
बैशाख २६, २०८१ बुधबार