दशैं र तिहारलाई लक्षित गर्दै देशका १ सय २२ स्थानमा सशस्त्रले राख्यो सहायता कक्ष
नेपालबहस संवाददाता
असोज २४, २०८० बुधबार १२:३४:२६
२४ असोज, काठमाडौं । चाडपर्वलाई लक्षित गरी सशस्त्र प्रहरी बल, नेपालले देशका विभिन्न १ सय २२ स्थानमा सहायता कक्ष 'हेल्प डेस्क' र ३३ स्थानमा स्वास्थ्य कक्ष 'हेल्थ डेस्क' राखेको छ ।
भारततर्फको सीमावर्ती इलाकामा १ सय २० स्थानमा र चीनतर्फ २ स्थानमा सहायता कक्ष राखिएको छ भने स्वास्थ्य कक्ष भारततर्फ ३० स्थानमा र चीनतर्फ ३ स्थानमा राखिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर सीमा इलाकामा नागरिकको सुरक्षित एवं सहज आवागमनको व्यवस्था मिलाउन तथा आपत विपद्मा परेका नागरिकको उद्धार कार्यमा सहयोग पुर्याउने अभिप्रायले दुवै देशका सुरक्षाकर्मीसँगको समन्वय र सहकार्यमा कक्ष राखिएको हो ।
चाडपर्व लक्षित सहायता कक्ष नं। १ बराह बाहिनी मुख्यालय सुनसरी मातहत २५, नं। २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी मातहत ५३, नं। ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर मातहत २, नं। ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की मातहत २, नं। ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देही मातहत १९, नं। ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत मातहत १ र नं। ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलाली मातहत २० स्थानमा राखिएको डीएसपी थापाले बताए ।
स्वास्थ्य कक्ष नं। १ बराह बाहिनी मुख्यालय सुनसरी मातहत ४, नं। २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी मातहत २२, नं। ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर मातहत ३, नं। ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देही मातहत ३, र नं। ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलाली मातहत १ स्थानमा राखिएको छ ।
डीएसपी थापाका अनुसार आवश्यक देखिए अन्य स्थानहरुमा समेत सहायता कक्ष र स्वास्थ्य सेवा कक्षहरु स्थापना गरी सेवा प्रदान गरिने छ । चाडपर्वको बेला सीमा नाकाबाट आवतजावत गर्ने नागरिकहरूको सुरक्षा, सीमा क्षेत्रमा हुनसक्ने अवैध गतिविधि, चोरी डकैती, लुटपाट जस्ता घटनाहरू हुन नदिन, अप्ठ्यारोमा परेका नागरिकको सहयोग गर्न हेल्प डेस्क राखिएको छ भने सीमा नाकाबाट आवतजावत गर्ने क्रममा कुनैपनि नागरिकमा स्वास्थ्य समस्या देखिए हेल्थ डेस्कमा उपलब्ध स्रोतसाधनको प्रयोग गरी स्वास्थयकर्मीहरुद्वारा उपचार गर्ने व्यवस्था मिलाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
फेवातालमा सशस्त्रकाे विपद् उद्धारसम्बन्धी कृतिम घटना अभ्यास
बैशाख १८, २०८१ मंगलबार
सीमा क्षेत्रमा सशस्त्रको पैदल गस्ती सुरु
बैशाख ९, २०८१ आइतबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार