गृहमन्त्री श्रेष्ठको ठाडो आदेशमा त्रिभुवन विमानस्थलमा राखिएको मानव वेचविखन अनुसन्धानको टोली फिर्ता
नेपालबहस संवाददाता
असोज २४, २०८० बुधबार १२:४६:२७
२४ असोज, काठमाडौं । नेपालबाट मानव तस्करी भइरहेको भन्ने गुनासो बढिरहँदा त्रिभुवन विमानस्थलमा रहेको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरीलाई फिर्ता पठाइएको छ । केही दिन अघि मात्रै भिजिट भिषामा प्रहरीले दुःख दिएको बहानामा ब्यूरोको टोलीलाई फिर्ता पठाइएको हो । ‘गृहमन्त्रालयको आदेशमा फिर्ता पठाइएको छ, तर प्रहरीले आफ्नो काम भने जारी राखेको छ’, ब्यूरोका एक अधिकारीले भने ।
केही दिन अघि गृहमन्त्री नारायणकाजी श्रेष्ठको आदेशमा उनीहरूलाई हटाइएको स्रोतले जनाएको छ । विमानस्थलमा लागु औषध नियन्त्रण ब्यूरो, मानव बेचविखन अनुसन्धान ब्यूरो लगायतको टोली छुट्टा छुट्टै रुपमा खटिएको हुन्छ । तर केही दिनदेखि मानव तस्करहरुकै जोडबलमा हटाउन लगाइएको स्रोतको दावी छ । ‘मन्त्रालयको आदेश भन्दै फिर्ता गरेपनि हामीले जिम्मेवारी छाडेका छैनौ,’ ब्यूरोका अधिकारीको भनाई छ ।
गृहमन्त्रालयले ब्यूरोको टोली फिर्ता पठाएको भनिए पनि अवैधानिक रूपले विभिन्न देश हुँदै अमेरिका जाँदै गरेका ४९ जना नेपालीलाई स्वदेश फर्किएका छन । मेक्सिको हुँदै अमेरिका जाँदै गरेका उनीहरूलाई शनिबार टर्कीबाट फिर्ता पठाइएको थियो । उनीहरू भारत, मेक्सिको लगायत विभिन्न देश हुँदै अमेरिका छिर्न खोजेका थिए । स्वदेश फिर्ता आएका ती नेपालीहरू भारतबाट सबै कागजपत्र मिलाएर अमेरिकातिर हिँडेका थिए । उनीहरूलाई टर्किस एयरलाइन्सको जहाजमार्फत काठमाडौंमा अवतरण गराइएको छ ।
पदैल मार्ग मेक्सिकोको बाटो हुँदै विभिन्न दलालमार्फत नेपालीहरू अमेरिका प्रवेश गर्ने गरेका छन । ‘मानव तस्करहरूको ठूलो सञ्जाल रहेको छ । असोज १८ देखि २२ गतेसम्म दुई सय ९० जनालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट मात्रै अमेरिकालगायत अन्य देश जान भनी हिँडेका नक्कली कागजातसहितका नेपालीहरूलाई फर्काइएको छ ।
अमेरिका प्रवेश गर्न चाहने विदेशी नागरिकले सामान्यतः सुरुमा भिसा प्राप्त गर्नुपर्छ । भिसा यात्रुको राहदानीमा जारी गरिन्छ । राहदानी यात्रुको नागरिकता भएको देशबाट जारी गरिने भ्रमण कागजात हो । भिसा रहित यात्राका अनिवार्य सर्त पूरा गरेको खण्डमा निश्चित केही अन्तर्राष्ट्रिय यात्रुहरू भिसा बिनै अमेरिकाको यात्रा गर्न योग्य हुन सक्छन् ।
ब्यूरोका अनुसार यसरी अवैधानिक रूपमा अमेरिका प्रवेश गर्ने नेपालीहरूको संख्या वार्षिक दुई हजारभन्दा बढी रहेको छ । नेपालको नक्कली राहदानी प्रयोग गरेर अन्य मुलुकमा मानिस पनि अवैधानिक रूपमा अमेरिका प्रवेश गर्ने गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीले बताए । नेपालको नक्कली राहदानी प्रयोग गरेर अन्य मुलुकका मानिस पनि अवैध तरिकाले अमेरिका प्रवेश गर्ने गरेको पाइएको छ ।
त्यसैले गैरकानुनी रूपमा कति नेपाली वार्षिक रूपमा अमेरिका प्रवेश गर्छन् वा गर्ने प्रयास गरेका छन् भन्ने यकिन जानकारी छैन । अवैधानिक रूपले अमेरिका जाँदै गरेका विभिन्न देशका सीमाबाट नेपालीहरू फिर्ता भएका छन् । धेरै अमेरिका जाने सोचले हिँडेका नेपालीहरूलाई टर्कीको सीमा प्रहरीले समातेर स्वदेश फिर्ता गर्ने गरेको छ ।
अवैधानिक रूपले अमेरिका र अन्य देश जाँदै गरेका नेपालीहरूलाई सोमबार मात्र २२ जना नेपालीलाई टर्किस एयरलाइन्सको जहाजमार्फत काठमाडौंमा अवतरण गराइएको थियो । उनीहरूलाई दललाहरुले प्रायः भिजिट भिषामा विदेश पठाउने गरेको र उता अलपत्र परेपछि यता फर्काउन गरिएको छ । व्यूरोका अधिकारीहरूले भिजिट भिषालाई कडाई गर्न थालेपछि भने मन्त्रालयकै आदेशमा फिर्ता पठाइएको स्रोतको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन गोहोरोसहित दुई जना पक्राउ
पुष २२, २०८१ सोमबार
लेखा समितिका सभापति ऋषिकेशका स्वकिय सचिव अनिल पोखरेलविरुद्ध पक्राउ पुर्जी
पुष २२, २०८१ सोमबार
तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार