नेपाली भूमि कालापानी क्षेत्रमा भारतीय प्रधानमन्त्री मोदीको भ्रमणबारे संसदमा उठ्यो आवाज
नेपालबहस संवाददाता
असोज २५, २०८० बिहिबार १३:३६:५८
२५ असोज, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि कालापानी क्षेत्रमा बिना जानकारी गरेको भ्रमणबारे संसद बैठकमा आवाज उठेकाे छ । बैठकमा भ्रमणबारे सांसदहरुले सरकारको जवाफ माग गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकको सुरुमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका नेता रबि लामिछानेले मोदीको भ्रमणबारे सरकार मौन बसेको भन्दै तत्काल जवाफ दिन माग गरेका छन् ।
बैठकमा उनले मोदीको भ्रमण नेपालको चुच्चे नक्सामा समेटिएको दार्चुला जिल्लाको कुन्जी क्षेत्रमा आज बिहान भएको प्रवेश र यसबारे नेपाल सरकार र स्थानीय प्रशासनलाई जानकारी नभएको विषय गम्भीर भएको बताए ।
‘देशभित्र छिमेकी मुलुकका प्रधानमन्त्रीको भ्रमण हुँदा समेत सरकारलाई थाहा हुँदैन भने यो कस्तो तरिका हो ?’ उनले भने, ‘स्थानीय प्रशासनलाई सोध्दा भ्रमणबारे कुनै जानकारी नभएको जवाफ दिइएको छ, यत्रो ठूलो भ्रमण हुँदा सरकारलाई पत्तै नहुनु दुःखद् विषय हो । सरकारले तुरुन्त संसदलाई जानकारी दिन आवश्यक छ । सभामुखमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’
माेदीले बिहीबार बिहान नयाँ दिल्लीबाट हेलिकाेप्टर चढेर कालापानीकाे कुन्जी पुगेका छन् । उनले त्यहाँ रहेका मन्दिरमा पूजापाठ गरेका छन् । उनी आजै तिब्बतकाे मानसराेवर पुग्ने र फिर्तापछि स्थानीय नेपालीसँग छलफल गर्ने कार्यक्रम रहेकाे भारतीय संचारमाध्यमहरूले जनाएका छन्र । त्यहाँ माेदीले सुरक्षा निकायका अधिकारहरूसँग समेत छलफल गर्नेछन् ।
अहिले बैठक चलिरहेकाे छ । बैठकमा शून्य समयमा सांसदहरूले समसामयिक विषयमा सरकारकाे ध्यानाकर्षणा गराइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोपमा भाग लिन राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान
कात्तिक २५, २०८१ आइतबार
नेपाल सबै धर्म, कला र संस्कृतिको साझा संगमस्थल : वरिष्ठ नेता डा. शेखर कोइराला
कात्तिक २५, २०८१ आइतबार
लामिछाने पक्राउ पर्दैमा रास्वपाले अनावश्यक होहल्ला गर्न आवश्यक छैन : देउवा
कात्तिक २५, २०८१ आइतबार
जीबी राई भगाउन सहयोग गर्ने सहसचिवलाई पुरस्कार !
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
लुम्बिनीका ६ पदमा तीन दलको भीडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
कात्तिक २५, २०८१ आइतबार
के ओली बीआरआई आफ्नै पालामा लागु गराउन चाहन्छन ?
कात्तिक २५, २०८१ आइतबार
पुरुष यू–१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा
कात्तिक २४, २०८१ शनिबार
बागमती प्रदेशमा कांग्रेस र एमालेको संयन्त्र गठन
कात्तिक २५, २०८१ आइतबार
स्थानीय तहका कर्मचारीका लागि सेवाकालीन प्रशिक्षण
कात्तिक २५, २०८१ आइतबार
सिन्धुलीको हरिहरपुरगढीमा प्रधानाध्यापकमाथि गोली प्रहार
कात्तिक २५, २०८१ आइतबार
कालीकोट जिप दुर्घटनामा मृत्यु भएका ६ जनाको पहिचान खुल्यो (अपडेट)
कात्तिक २५, २०८१ आइतबार
यु–१९ महिला विश्वकप क्रिकेट एसिया छनोट : नेपालद्वारा थाइल्याण्ड पराजित
कात्तिक २५, २०८१ आइतबार
कोपमा भाग लिन राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान
कात्तिक २५, २०८१ आइतबार