जहाज इजरायल पुगेपछि नेपालीमा खुशीयाली, केहीबेरमा फर्कदै
नेपालबहस संवाददाता
असोज २५, २०८० बिहिबार १५:२७:१२
२५ असोज, काठमाडौं । नेपाल एयरलाइन्सको विमान बिहीबार दिउँसो इजरायलको तेल अभिभ पुगेपछि त्यहाँ उद्धारको पर्खाइमा रहेका नेपाली विद्यार्थीमा खुशीयाली छाएको छ । उनीहरू सो विमानमा बसिसकेका छन् ।
लर्न एन्ड अर्न कार्यक्रम अन्तर्गत कृषि विषयको ११ महिने इन्टर्नसिपका लागि उनी इजरायल गएका थिए । प्यालेस्टाइनी लडाकु समूह हमासले गएको शनिबार एक्कासि इजरायलमा आक्रमण गरेपछि त्यहाँको माहोल बिग्रिएको छ । हमासको आक्रमणमा परी विपीनसँगै इजरायल गएका उनका १० साथी मारिएका थिए ।
युद्ध चर्कंदै गएपछि गाँजाको सीमानजिक रहेका नेपालीले उद्धार गर्न नेपाल सरकारलाई अनुरोध गरेका थिए । सरकारले आज उद्धारका निम्ति नेपाल एयरलाइन्सको विमान त्यसतर्फ पठाएको हो । इजरायलको विमानस्थलमा उद्धारको पर्खाइमा रहेका नेपाली आजै स्वदेश फर्कनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार