बैंकहरुले लुटेरा व्यवहार देखाएका छन्, नियन्त्रण नगरिए जनता चुप बस्दैनन् : सांसद साह
नेपालबहस संवाददाता
असोज २५, २०८० बिहिबार १७:२७:४१
२५ असोज, काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं सांसद प्रभु साहले बैंकहरुले ऋणीमाथि लुटेरा व्यवहार देखाएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै वाणिज्य र विकास बैंकहरुले ऋणीबाट चर्को ब्याज असुलेर लुट मच्चाइरहेको बताए ।
उनले सुरुमा कर्जा प्रवाह गर्दा थोरै ब्याज देखाएपनि केही महिनापछाडि नै मनोमानी तरिकाले २० प्रतिशतसम्म ब्याज असुल्ने काम गरिरहेको र त्यसमा नियमनकारी निकाय मौन बसेको भन्दै आपत्ति जनाए । कर्जा लिन समेत कमिशन र घुस खुवाउनुपर्ने विवशता ऋणीहरुले खेपिरहेको उनको भनाइ छ ।
‘ऋण लगानी गर्दा एकथरि ब्याज, केही समयपछि नै १५-२० प्रतिशतसम्म बढाउने व्यवहारले बैंकको लुट चरित्र उदांगो भएको छ’ उनले भने, ‘यतिबिघ्न ज्यादाति हुँदा सरकार के हेरेर बसिरहेको छ ? राष्ट्र बैंक कहाँ छ ?’ ऋण प्रवाह गर्दा १० प्रतिशत लगाएको ब्याज एकाध महिनामै चर्को ब्याज लगाएर ऋणीलाई आत्महत्याको तहमा पुर्याइएको उनको भनाइ थियो ।
उनले चर्को रुपमा लिएको ब्याज फिर्ता गर्न समेत माग गरे । ब्याज फिर्ता गर्ने र घटाउने काम नगरिए जनता सडकमा आउने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआँबुखैरेनी गाउँपालिकाले छात्राहरुका लागि बचत खाता खोल्ने
माघ ३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको नगद लाभांश शेयरधनीहरुको खातामा जम्मा
माघ ३, २०८१ बिहिबार
सानिमा बैंकको ४९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पूर्वप्रमीकाको अश्लील 'भिडियो' बहिनीलाई 'मेसेन्जर'मा पठाउने युवक पक्राउ
माघ ३, २०८१ बिहिबार
सरकारले पक्षघातको औषधि निःशुल्क उपलब्ध गराउने
माघ ३, २०८१ बिहिबार
सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गर्ने दुई जना पक्राउ
माघ ३, २०८१ बिहिबार
चीनमा स्मार्ट फोन बिक्रीमा एप्पल स्थानीय प्रतिद्वन्द्वीभन्दा कमजोर
माघ ३, २०८१ बिहिबार