आगलागी पीडित लाई दशैंको मुखमा लुम्बिनी प्रदेश सरकारबाट आर्थिक राहत
नेपालबहस संवाददाता
असोज २६, २०८० शुक्रबार १४:३०:५६
२६ असोज, काठमाडौं । बर्दियाको गेरुवा गाउँपालिका बडा नं ५ मा २०७९ चैत्र २६ आगलागीबाट घर क्षति भएका परिवारलाई आज असोज २६ गते एक कार्यक्रमका बिच राहत रकम हस्तान्तरण गरेको छ।
आगलागीमा ४ घरमा सम्पूर्ण घर नष्ट भएको हरेक परिवारलाई ३०/३० हजार रूपैयाँ दरले राहत रकम एक कार्यक्रम बिच लुम्बिनी प्रदेश नेपाली काङ्ग्रेस प्रमुख सचेतक एवं माननीय सांसद जन्मजय तिमल्सिनाले हस्तान्तरण गर्नु भएको थियो । ग्यास सिलिन्डर विस्फोट भए पछि भएको एक घरमा आगलागी भए पछि संगै रहेका बाकि ३ घरमा समेत आगलागी भएर सबै ४ घर पूर्ण क्षतिग्रस्त भएको थियो ।
आफ्नै गाउँमा आगलागीबाट भएको जानकारी पाए लगत्तै केहि दिन मै जिल्ला विपद व्यवस्थापन कोष बर्दियाबाट छिटै राहत रकम हस्तान्तरण गरिएको र लुम्बिनी प्रदेश सरकारबाट पनि आगलागी पीडित लाई राहत स्वरूप को राहत रकम आज दशैँको मुखमा हस्तान्तरण गर्न पाउँदा ४ वटै परिवारलाई थोरै भए पनि राहत हुने कुरा माननीय जन्मजय तिमल्सिनाले बताए।
आगलागी पछि परिवारलाई जिल्ला विपद व्यवस्थापन कोष बर्दियाबाट १५/१५ हजार हस्तान्तरण गरिएको र लगत्तै माननीय जन्मजय तिमल्सिना कै पहलमा लुम्बिनी प्रदेश सरकारबाट राहत रकम स्वरूपको रकम आज रकम हस्तान्तरण गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण रिसालले जानकारी दिए।
लुम्बिनी प्रदेश सरकारबाट यो दशैको समयमा राहत स्वरूप को रकमले हामीलाई थोरै भए पनि राहत हुने आगलागी पीडित लाछुमाया बमले बताए। आगलागीबाट लाछुराम बम, बिष्णु बहादुर बम, शर्मिला शाहि र विपना बमको घर पूर्ण क्षतिग्रस्त भएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचविखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
पुल नबन्दा स्थानीयलाई सास्ती
मंसिर १०, २०८१ सोमबार
पाँचखालमा ‘सेज’ निर्माण सुस्त
मंसिर १०, २०८१ सोमबार
आज पनि हेर्न नभ्याइनेमा पर्यो जग्गादानविरुद्धको रिट
मंसिर १०, २०८१ सोमबार
अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
बारुती सुरुङ खतराका लागि सबैभन्दा जोखिम युक्त देश म्यानमा : राष्ट्रसंघ
मंसिर १०, २०८१ सोमबार