गम्भीर घाइते सेढाईंलाई थप उपचारका लागि मुम्बई लगियो
नेपालबहस संवाददाता
असोज २८, २०८० आइतबार ८:२१:४८
२८ असोज, काठमाडौं । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी शनिबार गम्भीर घाइते भएका पाइलट प्रकाश कुमार सेढाईंलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ। उनलाई उपचारको लागि आइतबार बिहान मुम्बई लगिएको उनको उपचारमा संग्लग्न ह्याम्स अस्पतालले जनाएको छ ।
अस्पतालले शनिबार साँझ विज्ञप्ति जारी गर्दै उनको थप उपचारका लागि नेसनल बर्न सेन्टर मुम्बईमा लैजानेजानकारी दिएको थियो । हिजो राती नै उनलाई त्यसफर्त गिएको छ । शनिबार बिहान लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते सेढाईंको मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अवस्थामा रहेको अस्पतालले जारी विज्ञप्तिमार्फत उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ‘ सेडाईंको फोक्सो, मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या छ । उनको शरीर र हातको उपचारका लागि अपरेसन कक्षमा डेब्रिडेमेन्ट र इस्कराटोमी गरी उपचार भएको छ’ । शनिबार बिहान ७ः१३ मिनेटमा उडेको हेलिकोप्टर बिहान ७ः२४ मिनेटमा सोलुखुम्बुको लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार
हत्या गरिएको अवस्थामा युवकको शव भेटियो
माघ ८, २०८१ मंगलबार
आन्तरिक स्रोत साधन परिचालन गरी ४५ किलोमिटर सडक स्तरोन्नति हुँदै
माघ १०, २०८१ बिहिबार
गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन
माघ १०, २०८१ बिहिबार
भारतमा रेलमा आगलागीको अफवाह पछि भागदौड हुँदा ४ नेपालीसहित १३ जनाको मृत्यु
माघ १०, २०८१ बिहिबार
सुप्रिम सहकारी ठगी प्रकरणः रावि लामिछानेमाथि आजदेखि थुनछेक बहस
माघ १०, २०८१ बिहिबार
सूर्यविनायक–धुलिखेल सडकः दैनिक ५ घण्टा बन्द गरी निर्माण गर्ने तयारी
माघ १०, २०८१ बिहिबार
अमेरिकी डलरको मूल्य घट्यो, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ?
माघ १०, २०८१ बिहिबार