विपिनको खोजीका लागि अन्तर्राष्ट्रिय समुदायसँग आग्रह
नेपालबहस संवाददाता
असोज २८, २०८० आइतबार १६:३०:५९
२८ असोज, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा जारी युद्धका क्रममा हराइरहेका नेपाली विद्यार्थी विपीन जोशीको खोजी गरिदिन अन्तर्राष्ट्रिय संघसंस्था र कूटनीतिक नियोगहरूलाई आग्रह गरेका छन् ।
आइतबार ललितपुरको भैंसेपाटीस्थित निवासमा अन्तर्राष्ट्रिय समाचार संस्थाका प्रतिनिधिसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री साउदले वेपत्ता विद्यार्थी जोशीको अवस्था पत्ता लगाइदिन अन्तर्राष्ट्रिय संघसंस्था र कूटनीतिक नियोग एवं मिसनहरूसँग आग्रह गरेका हुन् ।
विपीनसहितका नेपाली विद्यार्थीहरू बंकरमा लुकेर बसेको बेलामा आक्रमणकारीले छोटो समयमा पटकपटक आक्रमण गरेको देखिन्छ । पहिले गोली चलाएको र त्यसपछि ग्रिनेड फालेको देखिन्छ, परराष्ट्रमन्त्री साउदले भने, प्रत्यक्षदर्शी विद्यार्थीले भने अनुसार दुई वटा ग्रिनेड फाल्दा एउटा नपड्किदै विपीनजीले एउटा ग्रिनेट बाहिर फ्याँकेको देखिन्छ ।
प्रत्यक्षदर्शी विद्यार्थीले देखे अनुसार त्यसपछि केही थाइल्याण्डका विद्यार्थीसँग विपीनलाई पनि अपहरण गरेर लगेको जानकारी आएको उनले बताए । ‘त्यसदेखि नै उहाँ अज्ञात अवस्थामा हुनुहुन्छ, उहाँको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन’, परराष्ट्रमन्त्री साउदले भने । ‘उहाँको स्थिति पत्ता लगाइदिनका लागि हामीले इजरायल सरकारसँग आग्रह गरेका छौं । इजरायल सरकारले पनि उहाँको स्थिति के हो भन्ने विषयमा पत्ता लगाउने प्रतिबद्धता जनाएको छ’ उनले भने ।
आक्रमणमा परी निधन भएका १० नेपाली विद्यार्थीको शव सुरक्षित रहेको इजरायली सरकारले स्पष्ट गरिसकेको छ । यसबाहेक एक हजारभन्दा संख्यामा इजरायली नागरिक र अन्य देशका नागरिकको पनि शव छ । त्यती नै संख्यामा आक्रमणकारीको पनि शव छ । तसर्थ ती सबै शवको परीक्षण गरी कानुनी प्रक्रियाअनुसार सम्बन्धीत देशलाई हस्तान्तरण गर्ने इजरायल सरकारले जनाएको छ, उनले भनेका छन्, यस बारेमा इजरायल सरकारले आफू संवेदनशील भएको र आफै ती शव नेपाल ल्याएर नेपाल सरकारलाई हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । इजरायलका विदेश मन्त्री र यहाँस्थित इजरायली राजदूतसँग भएको संवादमा पनि उहाँहरुले सो कुरा दोहोर्याउनुभएको छ ।
नेपाल सरकारले ती शव नेपाल ल्याएर सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न चाहेको तर इजरायल सरकारको प्रक्रियाले ढिलो हुन गएको मन्त्री साउदको भनाइ छ । विद्यार्थीको उद्दार गर्नका लागि गएको विमानमा नै मृतकको शव ल्याउन चाहँदा पनि प्रक्रियागत ढिलाइले सम्भव नभएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार
कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय
पुष २५, २०८१ बिहिबार
बुइपाका चार टोलमा ड्यू, कोक, रम, बियरलगायत पेयपदार्थमा प्रतिबन्ध
पुष २५, २०८१ बिहिबार
सहकारी ठगी प्रकरण : रवि लामिछानेसहितको मुद्दामा आज आदेश आउन सक्ने
पुष २५, २०८१ बिहिबार
प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता आजदेखि
पुष २५, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष २५, २०८१ बिहिबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार