दशैं नजिकिँदै जाँदा घर लिप्ने माटोको व्यापार बढ्दो
नेपालबहस संवाददाता
असोज २८, २०८० आइतबार १६:५३:११
२८ असोज, काठमाडौं । हिन्दू धर्मावलम्बीहरुको मुख्य चाड बडादशैं नजिकिँदै गर्दा ग्रामीण क्षेत्रका स्थानीय बजारमा समेत लिप्ने रातो माटोको व्यापार बढेको छ ।
आइतबारबाट दशैंका घटनास्थापना सुरु भएसँगै पाँचथरको फिदिममा रातो माटो खन्ने, किन्ने र बेच्नेको भीड लागेको छ । दशैं र तिहारमा घर लिपपोत गर्नेहरु टाढा टाढाबाट फिदिममा आउँछन् । फिदिम बजारमा दशैंका किनमेलमा आएकाहरुले एक दुई बोरा माटो लिएर जाने गरेका छन् ।
केही स्थानीयले रुखो जमिन र रातो माटो भएका कारण खेती हुन नसकेको बाँझो जमिनबाट रातो खनेर बजारमा पु्याएर बिक्री गरिरेका छन् । फिदिमका चारखम्बे, रातमाटे र भदौरे लगायतका स्थानमा रातो माटो पाइन्छ । रातो माटोले लिपेका घर उज्याला र चम्किला हुने भएकाले रातो माटो स्थानीयकाे रोजाइमा परेको फिदिम बजारकी व्यापारी मिरा गुरूङ । सडक कुनामा माटाेले भरिएकाे बाेराकाे चाङ प्रशस्त देख्न सकिन्छ ।
यहाँ रातो माटो प्रतिबोरा एक सय देखि डेढ सय रुपैयाँमा बिक्री हुने गरेको व्यापारीहरु बताउँछन् । उनीहरुले माटो भर्नेलाई प्रतिबोरा २० रुपैयाँ दिने गरेका छन् । माटाे खन्न जेसिबीकाे समेत प्रयाेग गरिएकाे छ ।
फिदिमको माटोकोमाग तेह्रथुम, इलाम र ताप्लेजुङबाट समेत हुने गरेको उनीहरु बताउँछन् । दशैंमा घर लिपोत गर्ने, कमेरो (सेता) माटो छर्कने, सालको पातबाट बनेको टपरीमा भोज खाने प्रचलन कायमै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
असोज २, २०८१ बुधबार
विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै
असोज १, २०८१ मंगलबार
कोशी प्रदेश सरकारले संविधान दिवस–२०८१ तीन दिन मनाउने
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
भन्सालीको नयाँ फिल्म 'लभ एन्ड वार' अक्टोबरमा फ्लोरमा जाने
असोज ४, २०८१ शुक्रबार
बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव
असोज ४, २०८१ शुक्रबार
मधेस प्रदेशमा कुपोषण समस्या बढ्दै, निःशुल्क उपचार गर्दै प्रदेश सरकार
असोज ४, २०८१ शुक्रबार
च्याम्पियन्स लिगमा एटलेटिको म्याड्रिडको विजयी शुरुवात
असोज ४, २०८१ शुक्रबार
हेडको शतकीय पारीसँगै इङल्याण्डमाथि अस्ट्रेलिया ७ विकेटले विजयी
असोज ४, २०८१ शुक्रबार
बार्सिलोना मोनाकोसँग पराजित
असोज ४, २०८१ शुक्रबार