नवरात्र आरम्भसँगै पाथीभरामा भक्तजनको घुइँचो
नेपालबहस संवाददाता
असोज २८, २०८० आइतबार १७:११:११
२८ असोज, ताप्लेजुङ । नवरात्र आरम्भ भएसँगै ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा भक्तजनको आगमन सुरु भएको छ । हरेक वर्ष नवरात्रभर यहाँ भक्तजनको घुइँचो लाग्ने गर्दछ ।
वार्षिक लाखौँको संख्यामा स्वदेशी तथा विदेशी भक्तजन आउने यस मन्दिरमा विशेष गरी वडादसैँको समयमा सबै भन्दा धेरै भक्तजन आउने गरेका छन् । नवरात्रको पहिलो दिन आज सयौँको संख्यामा भक्तजन मन्दिर पुगेका पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
यस क्षेत्रका होटलहरु दर्शनार्थीले खचाखच बनेको फेदीका होटल व्यवसायी इन्द्रनारायण भट्टराईले बताए । पाथीभरा देवीले भक्तजनको मनोकामना पूरा गर्ने जनविश्वास रहिआएको छ । समुद्री सतहबाट तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने यस मन्दिरको दर्शनसँगै उच्च हिमशृङ्खलाको दृष्यावलोकनका लागि देश विदेशबाट धार्मिक पर्यटक आउने गरेका छन् ।
नवरात्रका समयमा देवीको पूजाआरधना गर्न उपयुक्त हुने तथा यो समयमा मौसम पनि खुल्ने भएकाले हरेक वर्ष दसैँमा भक्तजनको घुइँचो लाग्ने गरेको भट्टराईको भनाइ थियो ।
पाथीभरा दर्शनको समय सुरु भएसँगै दर्शनार्थीको सहजताका लागि आवश्यक व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताइन् । प्रशासन कार्यालयमा बसेको बैठकले तीर्थयात्रीको आगमनलाई व्यवस्थित गर्न सरोकारवाला निकायसँग समन्वय गर्ने सहमति भएको उनले जानकारी दिइन् ।
पाथीभरा क्षेत्रमा सहज यातायात, आवास, सुरक्षा, भीडभाडलगायत समस्या समाधानका लागि सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाएका चेम्जोङको भनाइ थियो । सहज यातायातका लागि मन्दिर क्षेत्रका सडकलाई स्तरोन्नति गर्ने काम भइरहेको समितिले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकैलाश तीर्थयात्राः कष्टपूर्ण परिक्रमा, गैर जिम्मेवार एजेन्सी
असोज ३, २०८१ बिहिबार
तीर्थस्थलमा विश्वकर्माको प्रतिमा सेलाउन थालियो
असोज ३, २०८१ बिहिबार
माथिल्लो टोलमा श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
भन्सालीको नयाँ फिल्म 'लभ एन्ड वार' अक्टोबरमा फ्लोरमा जाने
असोज ४, २०८१ शुक्रबार
बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव
असोज ४, २०८१ शुक्रबार
मधेस प्रदेशमा कुपोषण समस्या बढ्दै, निःशुल्क उपचार गर्दै प्रदेश सरकार
असोज ४, २०८१ शुक्रबार
च्याम्पियन्स लिगमा एटलेटिको म्याड्रिडको विजयी शुरुवात
असोज ४, २०८१ शुक्रबार
हेडको शतकीय पारीसँगै इङल्याण्डमाथि अस्ट्रेलिया ७ विकेटले विजयी
असोज ४, २०८१ शुक्रबार
बार्सिलोना मोनाकोसँग पराजित
असोज ४, २०८१ शुक्रबार