गठबन्धनको सरकार ढल्दैन, झनै मजुबत बनेर जान्छ : माधव नेपाल
नेपालबहस संवाददाता
असोज २८, २०८० आइतबार १७:१२:९
२८ असोज, काठमाडौं । सत्तारुढ घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले वर्तमान गठबन्धनको सरकार कुनैपनि हालतमा नढल्ने बताएका छन् । उनले गठबन्धन झनै बलियो बन्दै गइरहेको बताए ।
आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पार्टीको समाजवादी जागरण अभियानको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन सरकार कसैले चाहना र इच्छा राखेको भरमा नढल्ने बताए । सरका ढाल्छु भने कसैले चुरीफुरी नगर्दा राम्रो हुने उनको भनाइ थियो । ‘कसैले पनि चुरीफुरी धेरै नगर्नुहोस् । कोशी प्रदेशको विषयलाई लिएर गठबन्धन ढल्छ कि भन्ने लागेको छ भने त्यो भ्रम बाहेक केही होइन’ उनले भने ।
उनले एकीकृत समाजवादीले जनताकै बीचमा रहेर समाजवादका आधार तयार पार्ने काम गरिरहेको र आगामी दिनमा थप सशक्त बनाउँदै लैजाने बताए । उनले पार्टीले सरकारले भ्रष्टाचार र विसंगतिविरुद्ध चालिरहेको कदममा भरपूर साथ दिने र बेथितिलाई ठेगान लगाउने बताए ।
गठबन्धनका मुख्य घटक नेपाली कांग्रेसको कोशी प्रदेश सभासदस्यमध्ये ८ जनाले प्रमसख प्रतिपक्ष एमालेको साथ लिएर आइतबार प्रदेश सरकार गठन गरेपनि गठबन्धनको केन्द्र सरकारमा पनि असर पर्ने र सरकार भत्काउने खेल सुरु हुने अडकलबाजी चलिरहेका बेला सरकार एक घटक दलका अध्यक्ष समेत रहेका नेपालले सरकार नढल्ने विचार राखेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहृदयाघातबाट पालिका कर्मचारीको निधन
पुष २१, २०८१ आइतबार
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक ( हेर्नुस् सूचीसहित )
पुष १९, २०८१ शुक्रबार
राजश्व बाँडफाँडमा मनोमानी, प्रदेशलाई कर बुझाउन स्थानीय सरकारको आनाकानी
पुष १७, २०८१ बुधबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुग्यो
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट चीनमा कम्तिमा ३२ जनाको मृत्यु, ३८ घाइते
पुष २३, २०८१ मंगलबार
लहान नगरपालिकाले गर्यो प्रादेशिक अस्पतालका बिरामीलाई कम्बल वितरण
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तार हुँदै
पुष २३, २०८१ मंगलबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार