सर्वोच्च अदालतले दशैं बिदामा बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्ने
उच्च र जिल्लाले जरुरी पक्राउ पुर्जीको अनुमोदन र पक्राउ पुर्जी जारी गर्ने
नेपालबहस संवाददाता
असोज २९, २०८० सोमबार ११:५९:५५
२९ असोज, काठमाडौं । दशैं बिदामा पनि सर्वोच्च अदालत खुला हुने प्रशासनले जनाएको छ । प्रशासनका अनुसार दशैं बिदाको समयमा पनि सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्नेछ ।
इजलास संचालनका लागि सर्वोच्चले असोज २९ गतेदेखि कात्तिक १० गतेसम्म सर्वोच्च अदालतमा उपस्थित हुने न्यायाधीशहरूको सूची प्रशासनले सार्वजनिक गरेको छ । बन्दी प्रत्यक्षीकरण रिट शनिबार र विजय दशमीको दिनबाहेक बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सुनुवाइ हुने जनाएको छ ।
आजका लागि न्यायाधीश सपना प्रधान मल्ललाई जिम्मेवारी तोकिएको छ । उनले त्यस दिन बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्नेछिन् । भोलि असोज ३० गते मंगलबारका लागि न्यायाधीश डा. आनन्दमोहन भट्टराईलाई जिम्मेवारी तोकिएको छ ।
तर प्रशासनले आफ्नाे वेभसाइट भने (डिएक्टिभ) निष्क्रिय गरेकाे छ । हिजो घटस्थापनाका दिन भने अदालत बन्द रह्यो ।
यस्तै, दशैं बिदाका दिन उच्च र जिल्ला अदालतहरूसमेत खुला हुने भएका छन् । जरुरी पक्राउ पुर्जीको अनुमोदन र पक्राउ पुर्जी जारी गर्ने कामका लागि जिल्ला र उच्च अदालतहरु खुला रहने भएका हुन् । सबै तहका अदालत कार्तिक १२ गतेबाट नियमित संचालन हुने भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहराएका शताब्दीऔँ पुराना २४ वटा मूर्ति हवाइबाट नेपाल पठाइयो
बैशाख २१, २०८१ शुक्रबार
गृहमन्त्री लामिछानेविरुद्ध दिएको रिट सर्वोच्चले दर्ता गरेन
बैशाख १४, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार