युवतीमाथि सामूहिक बलात्कारको आरोपमा ट्रक चालकसहित ३ जना पक्राउ
नेपालबहस संवाददाता
असोज २९, २०८० सोमबार १२:३३:१६
२९ असोज, काठमाडौं । मोरङ सदरमुकाम विराटनगरमा २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ । बलात्कारको आरोपमा प्रहरीले एक नाबालकसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका आरोपीहरु यातायात मजदुर रहेको बुझिएको छ ।
पीडित युवतीको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको दाबी छ । मोरङ प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा धनुषाको मिथिला विहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुली घर भएका १६ वर्षीय बालक रहेका छन् । तामाङ प्रदेश २४-००१ ख ००२१ नम्बरको ट्रकका चालक र चौहान सहचालक हुन् । आरोपी बालक अर्को ट्रकका सहचालक हुन् ।
उनीहरुले विराटनगर महानगरपालिका–३ मा सफारीमा यात्रामा रहेकी युवतीलाई जबर्जस्ती तानेर पार्किङ गरिराखेको ट्रकमा पुर्याएर पालैपालो बलात्कार गरेको आरोप छ । उनीहरुमाथि जिल्ला अदालतबाट म्याद लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनतासँग सहकार्य गरेर काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन
मंसिर १, २०८१ शनिबार
कोशी प्रदेशमा पनि बन्यो दुई दलीय संयन्त्र
कात्तिक २८, २०८१ बुधबार
मानव बेचबिखनको अनुसन्धानबाट जोगिन पूर्वमन्त्री अधिकारीका चलाखीपूर्ण हर्कत
कात्तिक २४, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार